पार्टीको महाधिवेशन गरेर विवादहरूको समाधान खोज्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे « Khabarhub

पार्टीको महाधिवेशन गरेर विवादहरूको समाधान खोज्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीको नियमित महाधिवेशन गरेर सबै विवादहरूको समाधान खोज्नुपर्ने बताएका छन्। बिहीबार केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै उनले नियमित महाधिवेशन नै सबैको साझा मिलनबिन्दु हुनुपर्ने बताएका हुन्। 

उनले निर्वाचन हुने अवस्थामा निर्वाचनको र निर्वाचन नभए आन्दोलनको तयारी गर्नुपर्ने पनि बाए।   

‘नियमित महाधिवेशनबाटै हामी जानुपर्छ। नियमित महाधिवेशन नै हो। नियमित महाधिवेशन नै सबैको एउटा मिलन बिन्दु हुनुपर्छ,’ उनले भने, ‘निर्वाचन भयो भने निर्वाचनको तयारी हामीले गर्नुपर्छ । निर्वाचन हुँदैन, आन्दोलनका निम्ति हामी तयार हुनुपर्छ। समयले चाहन्छ होला कि चाहँदैन होला, मलाई थाहा छैन। तर, भोलि हामी आन्दोलनमा जाँदै गर्दा चाहेर पनि नचाहेर पनि मुद्दा संसद् पुनर्स्थापनाकै हुन्छ।’

सहमहामन्त्री आङ्देम्बेले हरेक कुराको टुंगो केन्द्रीय कार्यसमिति बैठकबाट हुनुपर्नेमा जोड दिँदै विशेष महाधिवेशनको पनि टुंगो पनि केन्द्रीय कार्यसमितिले नै लगाउनुपर्ने बताए।

‘म त के चाहन्छु भने केन्द्रीय समितिबाट हरेक कुराको टुंगो लागोस्,’ उनले भने, ‘विशेष अधिवेशन पनि केन्द्रीय समितिबाट टुंगो लागेर जाओस्। विधानमा टेकेर, वैधानिकतामाथि उभिएर। भेरिफिकेसनसम्म पुग्ने अवस्था नआओस्।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ३ : ५३ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित