विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय दिलिप सिजापतिलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-६ बस्ने २७ वर्षीय रोशन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६१ ट्याब्लेट, स्पास्पेन २ सय ७८ ट्याब्लेट, डिकोलिक ६ ट्याब्लेट र नगद ८ हजार ६ सय ५० रूपैयाँसहित गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरीकै विराटनगर महानगरपालिका-५ रिङ रोडबाट अवैध लागूऔषध गाँजा करिब १८ किलोग्राम सहित बर्जु गाउँपालिका-३ बस्ने २२ वर्षीय मुकेश कुमार चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३० मिलिग्रामसहित कमल गाउँपालिका-३ बस्ने २६ वर्षीय प्रज्वल बाँनियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिराहाको सिरहा नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम ८ सय २० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१७ पटेर्वा बस्ने २५ वर्षीय राम जिवन यादव र २७ वर्षीय दिपक कुमार यादव रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिराहासमेतबाट खटिएको प्रहरीले स.११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका-१६ नवीनचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट, बोमिन १ हजार ४ सय ४५ ट्याब्लेट र नगद २३ हजार ९५ रूपैयाँसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ बस्ने २० वर्षीय विमल कुमाल, २४ वर्षीय सागर गुरूङ र २३ वर्षीय सुदिप श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको लमही नगरपालिका-५ लमही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने लमही नगरपालिका-५ सुनखोली बस्ने ३० वर्षीय नारायण पुनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१३ बुलबुले लाहुरे पथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६० मिलिग्राम, २ थान मोबाइल र डिजिटल तराजु १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने ३९ वर्षीय नरेश खटिक र सुर्खेत गुर्भाकोट नगरपालिका-
७ बस्ने २३ वर्षीया सुनिता परियार रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कायालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : २३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल