स्वास्थ्यमन्त्री र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूबीच आपसी सहयोगबारे छलफल  « Khabarhub

स्वास्थ्यमन्त्री र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूबीच आपसी सहयोगबारे छलफल 


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायहरूका प्रतिनिधिहरूसँग संयुक्त शिष्टाचार भेटवार्ता गरेकी छन् । 

मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री डा. गौतमले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा संयुक्त राष्ट्रसङ्घीय निकायहरूको निरन्तर सहकार्यप्रति आभार व्यक्त गर्दै सरकारका प्रमुख प्राथमिकताहरू मातृ स्वास्थ्य, बालबालिका तथा किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, औषधिहरूको गुणस्तर नियमन तथा सुधार, स्वास्थ्य बीमाको विस्तार तथ सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको सुदृढीकरण, तथा व्यवस्थित स्वास्थ्य सामग्रीको खरिद र आपूर्ति शृङ्खला सुधार लगायतका विषयहरूमा जोड दिएकी छन् । 

सो अवसरमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले नेपाल सरकारको स्वास्थ्य क्षेत्र सुधारका प्रयासप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर समर्थन र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

भेटवार्तामा डब्लुएचओ नेपाल कार्यालयका प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डव, युएनडीपी नेपालका रेजिडेन्ट रिप्रजेण्टेटिभ मिस क्योको योकोसुका, युएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदास, युनिसेफ नेपालकी प्रतिनिधि मिस एलिस अकुंगा, डब्लुएफपी नेपालका प्रतिनिधि तथा कन्ट्री डाइरेक्टर रियाज लोढी र एफएओ नेपालका अरुण जी.सी. सहभागी । 

भेटवार्ता आपसी सहयोग, अनुभव आदान–प्रदान र स्वास्थ्य क्षेत्रका प्राथमिकतामा संयुक्त पहललाई बलियो बनाउने अवसरका रूपमा उपयोग गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : ३८ बजे

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रेस चौतारी नेपालको जोड

काठमाडौं– प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी

सङ्खुवासभाको मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

किमाथांका– सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको

अमेरिकी टेकबाट टाढिँदै ईयू

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनुअघिसम्म युरोपेली सङ्घ (ईयू) ले

आचारसंहिताको निष्पक्ष अनुगमन गर्न सहायक प्रजिअलाई निर्देशन

काठमाडौं– गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७

विनिता कठायतलाई ज्ञानेन्द्र शाहीको जवाफ : बाझेर होइन, सौहार्द रुपमा जुम्ली जनताको आशीर्वाद लिनू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवम् जुम्लाबाट प्रतिनिधि सभाकाा