राज्यका निकायमा कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्‍यो : मुख्यमन्त्री बानियाँ « Khabarhub

राज्यका निकायमा कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्‍यो : मुख्यमन्त्री बानियाँ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोलखा– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्काे हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताएका छन् । बानियाँले तीनै तहका सरकारले गरिबको पक्षमा, न्यायको पक्षमा काम नगर्दा देशमा विषम परिस्थिति सृजना भएको बताए ।

दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले राज्य मेरो हो, यो देश मेरो हो भन्ने गरी नागरिकप्रति जिम्मेवार भएर कर्म नगरे समस्या उत्पन्न हुने धारणा राखे । 

यहाँ आजदेखि स्थानीय सरकारको राष्ट्रिय कार्यशाला सुरु भएको छ । स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालाको आयोजना गरिएको हो । 

कार्यशालामा देशभरका १९ स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । कार्यशाला शुक्रबारसम्म चल्ने छ । रासस

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : ४६ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२