निजी स्वास्थ्य संस्थाका बेथितिबारे स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

निजी स्वास्थ्य संस्थाका बेथितिबारे स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघ (युनिफिन) ले देशभरका निजी अस्पताल र मेडिकल कलेजहरूमा बढ्दै गएको बेथिति र अनियमितताबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मालाई ज्ञापनपत्र बुझाएको छ । 

संघका प्रतिनिधिहरूले स्वास्थ्य सेवामा भइरहेको मनपरी शुल्क असुल्ने, प्रशिक्षित जनशक्ति अभाव, श्रमिक शोषण, ठेक्का प्रथा, करार प्रणाली र न्यून तलब–सुविधाका विषयमा मन्त्री शर्माको ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्रमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउनका लागि कडा नियमन, स्वास्थ्यकर्मीको सुरक्षा, पारदर्शिता र उचित पारिश्रमिकको व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ । उक्त अवसरमा मन्त्री शर्माले संघका माग र सुझावलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयले नीतिगत सुधारका पहल गर्ने बताइन् । 

उनले भनिन् ‘देशभरका अस्पतालहरूले अपनाउँदै आएका ठेक्का प्रणाली र श्रमिक शोषण अब स्वीकार्य छैन । मन्त्रालयले आवश्यक निर्देशन र सूचना जारी गरेर ठेक्का प्रथा रोक्ने प्रक्रिया अघि बढाउनेछ।’

 ज्ञापनपत्र बुझाउने टोलीमा संघका सह-अध्यक्ष दिनेश पोख्रेल, युथ कमिटीका अध्यक्ष कर्ण विश्वकर्मा, कोषाध्यक्ष तेज कडायत, र सदस्य नेत्र कुसुहवालगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता थियो ।

संघले स्वास्थ्यकर्मीहरूको हकहित र सेवा गुणस्तर सुधारका लागि निरन्तर आवाज उठाउने र आगामी दिनमा सिस्टम सुधारका ठोस पहल गर्न सरकारसँग सहकार्य गर्ने बताएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : ३३ बजे

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास

अमेरिका-इरान युद्धविरामको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ – अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै विश्व अर्थतन्त्र

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारकाका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख