निजी स्वास्थ्य संस्थाका बेथितिबारे स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

निजी स्वास्थ्य संस्थाका बेथितिबारे स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघ (युनिफिन) ले देशभरका निजी अस्पताल र मेडिकल कलेजहरूमा बढ्दै गएको बेथिति र अनियमितताबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मालाई ज्ञापनपत्र बुझाएको छ । 

संघका प्रतिनिधिहरूले स्वास्थ्य सेवामा भइरहेको मनपरी शुल्क असुल्ने, प्रशिक्षित जनशक्ति अभाव, श्रमिक शोषण, ठेक्का प्रथा, करार प्रणाली र न्यून तलब–सुविधाका विषयमा मन्त्री शर्माको ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्रमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउनका लागि कडा नियमन, स्वास्थ्यकर्मीको सुरक्षा, पारदर्शिता र उचित पारिश्रमिकको व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ । उक्त अवसरमा मन्त्री शर्माले संघका माग र सुझावलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयले नीतिगत सुधारका पहल गर्ने बताइन् । 

उनले भनिन् ‘देशभरका अस्पतालहरूले अपनाउँदै आएका ठेक्का प्रणाली र श्रमिक शोषण अब स्वीकार्य छैन । मन्त्रालयले आवश्यक निर्देशन र सूचना जारी गरेर ठेक्का प्रथा रोक्ने प्रक्रिया अघि बढाउनेछ।’

 ज्ञापनपत्र बुझाउने टोलीमा संघका सह-अध्यक्ष दिनेश पोख्रेल, युथ कमिटीका अध्यक्ष कर्ण विश्वकर्मा, कोषाध्यक्ष तेज कडायत, र सदस्य नेत्र कुसुहवालगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता थियो ।

संघले स्वास्थ्यकर्मीहरूको हकहित र सेवा गुणस्तर सुधारका लागि निरन्तर आवाज उठाउने र आगामी दिनमा सिस्टम सुधारका ठोस पहल गर्न सरकारसँग सहकार्य गर्ने बताएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : ३३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब