‘माओवादीसँग चुनावी गठबन्धन र एमालेसँग सत्ता सहकार्य गर्नु कांग्रेसको गल्ती थियो’ | Khabarhub Khabarhub

‘माओवादीसँग चुनावी गठबन्धन र एमालेसँग सत्ता सहकार्य गर्नु कांग्रेसको गल्ती थियो’


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रश्न उठाइसकेपछि निर्णायक हस्तक्षेप गर्न नसक्दा पार्टीमा समस्या आएको बताएका छन् ।

दुई सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्ना भनाइ राख्ने क्रममा उनले नेकपा माओवादी केन्द्रको हँसिया हथौडामा भोट हाल्ने निर्णय र एमालेसँग सत्ता सहकार्यका दुवै निर्णय गलत भएको बताए ।

उनले माओवादीसँगको चुनावी गठबन्धन र एमालेसँगको सत्ता गठबन्धन दुवै कांग्रेसका लागि हानिकारक भएको पनि बताएका छन् ।

थापाले पार्टीको १४औँ महाधिवेशनबाट नेतृत्व फेर्न खोज्दा नसकेको स्वीकारेका छन् । आफू १३ औँ महाधिवेशनदेखि नै महामन्त्री पदमा लडिरहँदा पार्टीमा निर्णायक हस्तक्षेप गर्न चुकेको उनले बताए ।

‘म १३ औँ महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार थिएँ, १४औँमा उठेर जितेँ । १४औँमा नेता शेखर कोइरालालाई सभापतिका लागि मत मागेकै हो, हालेको पनि हो’, उनले भने, ‘मैले २०६८ सालदेखि कांग्रेसका शीर्ष नेताहरूले बिदा लिनुपर्छ भन्दै आएको रहेछु । २०७८ मा शेखर दाइलाई सभापति बनाउन खोजेको हो, सकिएनँ।’

उनले प्रश्न उठाउँदा उठाउँदै पनि यसबीचमा केही गलत भएृको स्वीकारेका छन् । भदौ २४ गते आफ्नो घर जल्दा त्यो महसुस गरेको पनि उनले बताए । ‘जसलाई फेर्नुपर्छ भनिस्, त्यहीसँग टाँसिएर बसिस् भन्नु भएको छ’, उनले भने, अस्ति (भदौ २४ गते) म लखेटिँदा, मेरो घर जल्दा ती कुरा मिसएर आएको मैले पाएँ। प्रश्न उठाए पनि पार्टीभित्रका विकृति जति भत्काउनु पर्ने थियो, त्यति भत्काउन सकिँन।’

थापाले २०७९ वैशाखको स्थानीय तहको चुनावमा भएको टिकट वितरणको प्रसंग पनि निकालेका छन् । ‘कुनै स्थानीय तहको टिकट वितरणका लागि सभापतिले बोलाउनुभयो। तर मैले त्यो स्थानीय तहका ती पात्रलाई उम्मेदवार बनाउँदा पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताएँ’, उनले भने, ‘तर, सभापतिले हुँदैन, मिल्दैन मैले उम्मेदवार हो भनेर बचन दिइसकेँ भन्नु भयो। त्ययसमा पनि मैले गल्ती गरेँ । विरोध गरेपछि सभापतिले भनेको भन्दे आँखा चिम्लिएर बसेँ । मैले त्यही बेला हुँदैन भन्ने अडान लिनुपर्‍थ्यो, त्यसो नगरेर मैले गल्ती गरेँ ।’

उनले २०७९ मंसिरमा भएको आमनिर्वाचनमा नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धनलाई अर्को गल्ती भने । ‘माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नै हुँदैन भन्ने मेरा केही सैद्धान्तिक आधार अहिले पनि कायमै छन्। यसमा पनि मैले अडान छाडेर गल्ती गरेँ । अडान लिएपछि त्यसमै निर्णय गराउन सक्नु पर्थ्यो कि त म चुनाव लड्न जानु हुँदैन थ्यो । त्यसबेला पनि गल्ती गरेकै हो ।’

उनले आमनिर्वाचनमा हँसिया हथौडामा भोट हालेपछि पनि गल्ती नसुधारेको बताए । त्यसपछि प्रतिपक्षमीमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई मत हालेर गल्ती गरेको बताए । ‘मैले त्यसबेला पनि फरक मत राखेकै हो। सरकार बन्यो, पार्टीको निर्णय भनेर गइयो’, उनले भने, ‘त्यो अर्को गल्ती थियो।’

एमाले-कांग्रेसको सत्ता गठबन्धन हुँदैन भन्दा सभापतिले नटेरेको तर आफूले अडान छाडेर त्यहाँ पनि गल्ती गरेको उनले बताए ।

‘मैले त सुरूदेखि नै कांग्रेस र एमाले मिलेर सरकार बनाउनु हुँदैन भनेको थिएँ । तर मैले कांग्रेस-एमाले सत्ता सहकार्यमा गएको कुरा पत्रिकामा पढेर थाहा पाएँ ।’

उनले २०८१ असार १७ गते कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि ७ बुँदे सहमति गरेको भोलिपल्ट सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेर प्रश्न गरेको बताए ।

‘मैले सभापति (शेरबहादुर देउवा) को घरमा कांग्रेस तपाईंको ‘प्राइभेट कम्पनी’ हो भनेर सोधेको थिएँ’, उनले भने, ‘तर उहाँले मलाई भइहाल्यो, भइहाल्यो यार, हिजो भनेको भए त कुरा बाहिर निस्किन्थ्यो भनेर मलाई मनाउनु भयो ।’

उनले त्यसबेला कुनै पनि हालतमा एमालेसँग मिलेर सरकार बनाउन सकिँदैन भन्न सक्नुपर्ने तर त्यसो नभएकाले समस्या भएको पनि बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : ५८ बजे

द काउन्सिल अफ जेन-जीले तोक्यो झापा बाहेक कोशीमा संयोजक

काठमाडौं– द काउन्सिल अफ जेन-जीले कोशी प्रदेशका जिल्लाहरूमा संगठन विस्तार

जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान्’ कदम चाल्न मर्जको आग्रह

बर्लिन– युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले

राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको

मैले हर्कलाई छोडेको होइन, बेवास्ता गरेपछि कुलमानसँग जोडिएँ : डकेन्द्रसिंह थेगिम (अन्तर्वार्ता)

काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

काठमाडौं– नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब