भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चिता गर्न संसदीय समितिको निर्देशन « Khabarhub

भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चिता गर्न संसदीय समितिको निर्देशन


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
 
समितिका सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको समितिको आजको बैठकले प्रहरीको मनोबल उच्च बनाउँदै जेन-जी आन्दोलनका क्रममा लुटिएका हातहतियार फिर्ता गर्न र फरार कैदीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो । 

समितिले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो । छलफलमा समितिका सदस्यहरूले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने, प्रहरीको मनोबल बढाउनुपर्ने, मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नुपर्नेमा जोड दिए ।
 
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री अर्यालले सरकारले निर्वाचनमा सुरक्षाको कुनै कसर बाँकी नराख्ने बताए। उनले सुरक्षा निकायलाई आवश्यक बन्दोबस्तीका सामग्री कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक स्रोत जुटाउन समन्वय भइरहेको बताए।
 
फरक प्रसङ्गमा मन्त्री अर्यालले सरकार दलहरूसँग  नकारात्मक हुनै नसक्ने बताए। उनले  वार्ता र संवादबाटै आगामी समस्या समाधान हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : ०६ बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी