विश्वप्रकाशको चेतावनी : जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ « Khabarhub

विश्वप्रकाशको चेतावनी : जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनले दिएको सन्देश बेवास्ता गर्ने हो भने कांग्रेस अझै जनताबाट टाढा पुग्ने चेतावनी दिएका छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार लिखित भनाइ राख्दै उनले यस्तो बताएका हुन् । ‘जेन–जी आन्दोलन कुनै आकस्मिक घटना होइन, यो दशकौँदेखि बढ्दै आएको असन्तुष्टि र असमानताको परिणाम हो। यसको मर्म बुझ्न कांग्रेस असफल भयो भने हाम्रो अस्तित्व नै प्रश्नमा पर्छ’, उनले भनेका छन् ।

जेन-जी आन्दोलनले देशको पुरानो राजनीतिक ढाँचा र सोचप्रति गहिरो अविश्वास प्रकट गरेको बताए । उनले भने, ‘जनताले दलहरूलाई होइन, प्रवृत्तिलाई अस्वीकार गरेका हुन्। त्यसैले हामीले नयाँ सोच, नयाँ व्यवहार र नयाँ नेतृत्व संस्कारका साथ अघि बढ्नुपर्छ।’

वर्तमान सरकारबारे

शर्माले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको वर्तमान सरकारलाई संवैधानिक जिम्मेवारी पूरा गर्न कांग्रेसले सहयोग गर्नुपर्ने बताए।

उनले भने, ‘कार्की सरकार संक्रमणकालीन हो। यसले शान्ति, स्थिरता र निर्वाचन तयारीमा केन्द्रित हुनुपर्छ। कांग्रेसको भूमिका पनि त्यही दिशामा जिम्मेवार र रचनात्मक हुनुपर्छ।’

अहिलेको अवस्थामा विपक्षको भूमिका केवल आलोचना गर्ने मात्रै नभएर सुधारका सुझाव दिने र देशलाई स्थायित्वतर्फ लैजाने रहेको पनि उनले बताए । ‘हामीले जनताको विश्वास पुनःआर्जन गर्न सरकारलाई सही दिशामा धकेल्ने काम गर्नुपर्छ,’ शर्माले भने।

निर्वाचनलाई अवसर बनाऊँ

आगामी फागुन २१ मा तोकिएको आमनिर्वाचनलाई उनले जनताको पुनःनिर्णयको अवसरका रूपमा लिन आग्रह गरे। उनले थपे, ‘यो केवल सत्ता सन्तुलनको निर्वाचन होइन, राजनीतिक संस्कार परिवर्तनको क्षण हो। पुराना सोच र नयाँ पुस्ताबीचको प्रतिस्पर्धा हुनेछ।’

शर्माले पार्टी नेतृत्वलाई निर्वाचन तयारीमा ढिलाइ नगर्न, उम्मेदवार छनोटमा पारदर्शिता अपनाउन र राजनीतिक एजेन्डा जनमुखी बनाउन सुझाव दिए।

उनले भने, ‘फागुन २१ ले जनताको धैर्यको सीमा कति टाढासम्म पुगेको छ भन्ने पनि देखाउनेछ। त्यसैले हामीले घोषणापत्र होइन, व्यवहारको भरोसा दिनुपर्छ।’

शर्माले जेन–जी आन्दोलनले प्रणाली परिवर्तनको चेतावनी दिइसकेको पनि बताए । ‘अब कांग्रेसले त्यो चेतावनीलाई सुधारको अवसरका रूपमा प्रयोग गर्छ कि प्रतिरोधको रूपमा लिन्छ, त्यसैले हाम्रो भविष्य निर्भर छ’, उनले भने ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : १५ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित