माओवादी नेता आङ्बोको गाडीको ठक्करबाट एकजनाको मृत्यु « Khabarhub

माओवादी नेता आङ्बोको गाडीको ठक्करबाट एकजनाको मृत्यु


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी नेता तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

घिनाघाट-बिराटचोक सडक खण्डको ग्रामथान–५ कखरमारीमा आङ्बो चढ्दै आएको प्रदेशसभा को १ झ ६५० नम्बरको गाडीले ठक्कर दिँदा मोरङ ग्रामथानका प्रवेश चौधरीको मृत्यु भएको हो । 

सचिवालय सदस्य पूजन मग्रन्ती आङ्बोलाई लिन जाने क्रममा उक्त दुर्घटना भएको हो। आङबो भने सुन्दर हरैचामा एक बैठकमा गएका थिए। 

दुर्घटनापछि चालक मग्रान्ती र सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीका अनुसार बाटो काट्ने क्रममा प्रवेशलाई गाडीले ठक्कर दिएको थियो । दुर्घटना बिहीबार बिहान ११:३० बजे भएको प्रहरीको भनाइ छ।

नेता आङ्बोका अनुसार उनको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । आङबोले सामाजिक सञ्जालमा यसबारे जानकारी गराउँदै कानुनी प्रक्रियामा आफूले सघाउने बताएका छन्। 

आङ्गोले क्षतिपूर्ति उपलब्ध गराउने कुरामा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : २९ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको