चोरी, पाकेटमारी, लुटपाट गरेको आरोपमा भक्तपुरबाट आठ जना पक्राउ « Khabarhub

चोरी, पाकेटमारी, लुटपाट गरेको आरोपमा भक्तपुरबाट आठ जना पक्राउ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर जिल्लाको विभिन्न स्थानहरूमा संगठित समूह बनाई योजनाबद्ध तरिकाले पाकेटमार, लुटपाट, जबरजस्ती चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा  काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-३ घर भई सुर्यविनायक बस्ने २६ वर्षीय साधुराम भुजेल, मोरङ पथरी शनिश्चरे नगरपालिका-९ घर भएका ४३ वर्षीय कृष्ण बहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे घर भएका २३ वर्षीय अनु गजमेर, रामेछाप दोरम्बा गाउँपालिका-८ घर भएका २२ वर्षीय विशाल तामाङ, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-३ घर भएका २६ वर्षीय सुदिप भण्डारी, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-३ घर भएका १८ बर्षीय राजीव भण्डारी, काभ्रेपलान्चोक महाभारत गाउँपालिका-६ घर भएका २७ वर्षीय सुरज तामाङ र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-३ घर भएका २९ वर्षीय सुजन भण्डारी रहेका छन् । 

उनीहरूलाई उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले बुधबार भक्तपुर नगरपालिका-१ बाट चोरी तथा पाकेटमार गरेका सामानसहित पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूका साथबाट पहेँलो धातुको ब्रासलेट एक थान, औँठी दुई थान, झुम्का १ जोर, एक थान सिक्री, १०० दरको अमेरिकन डलर २८ थानको २८०० (दुई हजार आठ सय), भारतीय रुपैयाँ ६६९० (छ हजार छ सय नब्बे), नेपाली चार लाख २८ हजार आठ सय ८० रुपैयाँ, १४ थान मोबाइल, क्यामेरा एक थान, चार थान मोटरसाइकल, एक थान सर्जिकल व्लेड र बा ४ च ३९१६ नं को कार बरामद गरेको छ । 

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : ५७ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार