चोरी, पाकेटमारी, लुटपाट गरेको आरोपमा भक्तपुरबाट आठ जना पक्राउ « Khabarhub

चोरी, पाकेटमारी, लुटपाट गरेको आरोपमा भक्तपुरबाट आठ जना पक्राउ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर जिल्लाको विभिन्न स्थानहरूमा संगठित समूह बनाई योजनाबद्ध तरिकाले पाकेटमार, लुटपाट, जबरजस्ती चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा  काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-३ घर भई सुर्यविनायक बस्ने २६ वर्षीय साधुराम भुजेल, मोरङ पथरी शनिश्चरे नगरपालिका-९ घर भएका ४३ वर्षीय कृष्ण बहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे घर भएका २३ वर्षीय अनु गजमेर, रामेछाप दोरम्बा गाउँपालिका-८ घर भएका २२ वर्षीय विशाल तामाङ, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-३ घर भएका २६ वर्षीय सुदिप भण्डारी, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-३ घर भएका १८ बर्षीय राजीव भण्डारी, काभ्रेपलान्चोक महाभारत गाउँपालिका-६ घर भएका २७ वर्षीय सुरज तामाङ र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-३ घर भएका २९ वर्षीय सुजन भण्डारी रहेका छन् । 

उनीहरूलाई उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले बुधबार भक्तपुर नगरपालिका-१ बाट चोरी तथा पाकेटमार गरेका सामानसहित पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूका साथबाट पहेँलो धातुको ब्रासलेट एक थान, औँठी दुई थान, झुम्का १ जोर, एक थान सिक्री, १०० दरको अमेरिकन डलर २८ थानको २८०० (दुई हजार आठ सय), भारतीय रुपैयाँ ६६९० (छ हजार छ सय नब्बे), नेपाली चार लाख २८ हजार आठ सय ८० रुपैयाँ, १४ थान मोबाइल, क्यामेरा एक थान, चार थान मोटरसाइकल, एक थान सर्जिकल व्लेड र बा ४ च ३९१६ नं को कार बरामद गरेको छ । 

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : ५७ बजे

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक