आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने « Khabarhub

आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार प्रधान कार्यालय नक्सालमा पद बहाली गरेका छन् । उनले पद बहालीसँगै कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जाको सुविधा बढाउने पहिलो निर्णय गरेका छन्।

पदभार ग्रहणपछि नीति समन्वय समितिको बैठकमा उनले कल्याण कोषबाट दुई लाख रुपैयाँसम्म आकस्मिक कर्जा दिने निर्णय गरेका हुन्। जसबाट अब ५ प्रतिशत ब्याजदरमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मका कर्मचारीले कर्जा पाउने छन्।

आकस्मिक अवस्थामा आकस्मिक सहुलियत अल्पकालीन कर्जा दिने निर्णय भएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिए।

यस प्रयोजनका लागि यही आर्थिक वर्षमा अधिकतम् १० करोड रुपैयाँ छुट्याउने तयारी छ । प्रहरी प्रधान कार्यालयले शिक्षा, स्वास्थ्य तथा घरायसी समस्या परेका प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर सहुलियत कर्जा दिने निर्णय गरेको हो।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : ३७ बजे

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार

स्वास्थ्यमा सुधार भएपछि रवि लामिछाने चितवन जाँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज