महामन्त्री गगनले भने : नियमित महाधिवेशनको च्याप्टर सकियो, मंसिर २७ गते विशेष महाधिवेशन गर्नैपर्छ « Khabarhub

महामन्त्री गगनले भने : नियमित महाधिवेशनको च्याप्टर सकियो, मंसिर २७ गते विशेष महाधिवेशन गर्नैपर्छ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई जनतामा पुनःविश्वास दिलाउन र नयाँ पुस्ताको चाहना पूरा गर्न मंसिर २७ गते विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्।

दुई सातादेखि सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै उनले भने, ‘महाधिवेशनबाट कांग्रेस नयाँ भएर आउँछ। नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्न सक्ने पार्टी बन्नुपर्छ।’

थापाले पार्टीभित्रको आन्तरिक अनिर्णय र ढिलाइले जनतामा कांग्रेसप्रति भरोसा घटाएको भन्दै भने, ‘अधिवेशन नगरी जनादेश माग्न जानु भनेको आफ्ना गल्ती र कमजोरी नस्वीकारी फेरि समर्थन माग्न जानु हो। यस्तो अवस्थामा जनताले हामीलाई साथ दिँदैनन्।’

उनले बैठकमा कांग्रेसको मूल चरित्र अन्य दलजस्तो उत्तेजना फैलाउने नभएको बताउँदै थपे, ‘हामीले त सम्हाल्ने र स्थिरता दिने’ हो।

नियमित अधिवेशनको अध्याय सकियो

थापाले नियमित अर्थात् १५ औँ अधिवेशन गर्न सकिन्छ भन्ने प्रस्ताव अघि सारे पनि त्यसबेला नेतृत्वले सदस्यता विवादको कारण देखाएर पछि हटेको उल्लेख गरे।

‘तपाईंहरू सबैले सदस्यता विवाद देखाएर पन्छिनुभयो,’ उनले भने, ‘अब नियमित अधिवेशनको अध्याय बन्द भयो, मंसिर २७ गते विशेष अधिवेशन गर्नुपर्छ।’

जेन–जी आन्दोलनका घटनाको जिम्मा लिन्छु

महामन्त्री थापाले भदौ २३ गतेको जेन–जी आन्दोलनका घटनाको सन्दर्भ पनि उठाए। उनले भने, ‘त्यो घटना हुँदा मेरो पार्टी पनि सरकारमै थियो। त्यसकारण त्यो समयमा सरकारको भागमा परेको जिम्मा मेरो पनि हो, म त्यसबाट पन्छिँदैन।’

थापाले कांग्रेसले विगतका गल्तीहरू स्विकारेर सुधारको बाटो लिनुपर्ने र नयाँ पुस्ताको सोचअनुसार संगठन पुनर्गठन गर्नुपर्ने बताए। उनले जोड दिँदै भने, ‘हामीले आत्मपरीक्षण नगरी अघि बढ्यौं भने कांग्रेस फेरि पनि अवसर गुमाउनेछ।’

विशेष महाधिवेशनले कांग्रेसलाई पुनर्जीवित गर्ने मात्रै नभएर जनतामाझ पुनःविश्वसनीय बनाउन निर्णायक मोडका रुपमा उभिने पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : ४८ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको