‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने « Khabarhub

‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको ‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने भएको छ। काठमाडौं महानगरपालिकाले प्राकृतिक दुबो रोपेर हरियाली पुनःस्थापना गरेको चौरसहितको खुल्ला मञ्चलाई अब सबैका लागि खुला, हरित र बहुउपयोगी सार्वजनिक स्थानको रूपमा रूपान्तरण गरेको हो ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सञ्चालन गरेको ‘खेलकुद पूर्वाधार मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति कार्यक्रम’ अन्तर्गत खुल्ला मञ्चमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको हो। मलिलो माटो राखेर गरिएको यो कामपछि चौर अहिले लोभलाग्दो हरियालीमा परिणत भएको काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

कार्यक्रमका लागि महानगरले सबै वडामा खेलकुद पूर्वाधार सुधारका निम्ति ६ करोड ९८ लाख ७० हजार रुपैयाँ विनियोजन गरेको छ। सोही रकमअन्तर्गत खुल्ला मञ्चको दुबो रोपाइँमा मात्रै करिब ९० लाख रुपैयाँ खर्च भएको शाहले उल्लेख गरेका छन्।

चउरको वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग निर्माण गरिएको छ, जसमा सहरका अन्य क्षेत्रमा स्तरउन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लक पुनःप्रयोग गरिएका छन्। पैदल मार्गमा न्यूरोड विस्तारका क्रममा निकालिएका २१ वटा पोलहरू पुनःस्थापना गरिएका छन्। यी पोलहरूमा दुई हात (टु–आर्म) छन् — एक मैदानतर्फ १०० वाट क्षमताको र अर्को पैदल मार्गतर्फ ३० वाट क्षमताको बत्ती जडान गरिनेछ। सबै बत्तीहरू डे–नाइट सेन्सरयुक्त छन्, जसले दिनमा आफैं निभ्ने र रातमा बल्ने सुविधा दिनेछन्।

महानगरका अनुसार खुल्ला मञ्च अब सबैका लागि खुला र बहुउपयोगी स्थानका रूपमा प्रयोग हुनेछ। विहान शारीरिक व्यायाम गर्न, बालबालिकालाई स्वतन्त्र खेल्ने, पाका उमेरका नागरिकलाई टहलने वा आराम गर्ने, सहरी जीवन नियाल्ने, र युवालाई खेल प्रशिक्षण तथा मनोरञ्जनका लागि प्रयोग गर्न सकिनेछ।

मञ्चको पश्चिमपट्टि पार्किङका लागि गिटीमाथि स्टोन डस्ट राखेर स्थान तयार गरिएको छ, जहाँ भलिवल वा ब्याडमिन्टनजस्ता खेल पनि खेल्न सकिने व्यवस्था गरिएको छ।

खुल्ला मञ्च सुधारका लागि महानगरले नेपाल सरकारको स्वामित्वमा रहेको पूर्वाधार निर्माण कम्पनीसँग २०८१ वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर गरेको थियो। त्यसैको आधारमा वैशाख २३ गते ग्रेडिङ र लेभलिङको सम्झौता भएको र २४ गतेदेखि काम सुरु भएको थियो।

ग्रेडिङ र लेभलिङ कार्यपछि मैदानमा पानी नजम्ने र सतहको पानी भूमिगत पुनर्भरण हुने व्यवस्था मिलाइएको छ। यसका लागि चउरका ६ ठाउँमा चार फिट व्यास र चार फिट गहिराइका वाटर रिचार्ज पिटहरू बनाइएका छन्।

कुल २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम)क्षेत्रमा फैलिएको खुल्ला मञ्च टुँडिखेलतर्फ २२० मिटर, रत्नपार्कतर्फ १९० मिटर लामो र औसत ११०–११७ मिटर चौडा छ।

गत वर्षसम्म खुल्ला मञ्चलाई सार्वजनिक यातायात सञ्चालन, भूकम्पपछिको पुनर्निर्माण सामग्री भण्डारण र श्रमिक आवासका रूपमा प्रयोग गरिँदै आएको थियो। तर अब यो ठाउँ आफ्नै पहिचानमा फर्किंदै हरियालीसहित नागरिकका लागि खुला स्थानको रूपमा पुनर्जागृत भएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ८ : ५४ बजे

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त