पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस « Khabarhub

पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी कञ्चन बिच्छा साहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ।

बिहीबार बसेको राप्रपाको अनुशासन समितिको बैठकले बिच्छालाई सांसद पदबाट हटाएर पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अध्यक्ष राजेन्द्रलिङ्देनसमक्ष सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार, यसअघि नै पार्टीले बिच्छालाई विवादित सरकारमा पार्टीसँग छलफल नै नगरी सहभागी भएको विषयमा स्पष्टीकरण सोधेको थियो। तर, २४ घण्टा बितिसक्दा पनि जवाफ नआएछि कारबाही सिफारिस गरिएको हो।

विवादितरूपले गठन भएको एमालेका सरोज यादव नेतृत्वको सरकारमा बिच्छा सल्लाहबिनै मन्त्री बनेपछि लिङ्देनले कात्तिक २४ गते उनलाई फिर्ता हुन भनेका थिए।

तर, बिच्छाले फिर्ता हुन नमानेपछि केन्द्रीय अनुशासन समितिमार्फत कारबाही प्रक्रिया सुरु गरिएको हो।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ८ : ५६ बजे

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा

दक्षिण कोरियामा रोजगारी बढ्यो

एजेन्सी– पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं– काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने