जेनजी आन्दोलनका घाइतेहरुको वर्गीकरण गर्न समिति गठन « Khabarhub

जेनजी आन्दोलनका घाइतेहरुको वर्गीकरण गर्न समिति गठन


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्न समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार, ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वर्गीकरण सहजीकरण समिति गठन गरिएको हो।

यस समितिले मंसिर ५ गतेका दिन राष्ट्रिय ट्रमा सेन्टरको सातौँ तल्लाको हलमा घाइतेहरूको वर्गीकरण गर्ने जनाएको छ। त्यसका लागि प्रदर्शनका क्रममा घाइते भई गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयबाट ‘जेनजी घाइते परिचयपत्र’ प्राप्त गरिसकेका र उपचारपछि पनि पूर्ण रूपमा निको नभएका व्यक्तिहरूलाई आवश्यक कागजातसहित सो स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ।

कार्यालयले अति गम्भीर अवस्थाका, ह्विलचेयर प्रयोग गर्नुपर्ने, वा हिँडडुल गर्न नसक्ने घाइतेहरूका लागि एम्बुलेन्समार्फत घरबाट ल्याउने र लैजाने व्यवस्था मिलाइने जनाएको छ। त्यस्ता घाइतेले ९८५१३३८३२२ नम्बरमा सम्पर्क गरी अग्रिम जानकारी दिन सक्नेछन्।

त्यस्तै, अस्पतालमा उपचाररत घाइतेहरूको हकमा वर्गीकरण सहजीकरण समितिले अस्पतालमै गई निरीक्षण गरी वर्गीकरण गर्नेछ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ताले जारी गरेको सूचनामा वर्गीकरण कार्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको प्राविधिक समितिको समन्वयमा सम्पन्न गरिने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ९ : १० बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको