मैत्रीपूर्ण खेलमा नेपाल र बंगालादेशको बराबरी « Khabarhub

मैत्रीपूर्ण खेलमा नेपाल र बंगालादेशको बराबरी


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । इन्जुरी समयमा नेपालले गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

बिहीबार ढाकास्थित नेशनल स्टेडियममा भएको रोमाञ्चक खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। तर, दोस्रो हाफको सुरुवातमै घरेलु टोली बंगलादेशले लगातार दुई गोल फर्काउँदै खेल आफ्नो पक्षमा पार्यो ।

नेपालका लागि २९औं मिनेटमा रोहित चन्दले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक गोलले सुरुवाती अग्रता दिलाएका थिए। रोहितको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो।

तर, दोस्रो हाफको सुरुवातमै बंगलादेशका स्टार खेलाडी हम्जा चौधरी चम्किए । ४६औं मिनेटमा उनले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि पेनाल्टीमार्फत हम्जाले दोस्रो गोल गर्दै बंगलादेशलाई २–१ को अग्रता दिलाए।

खेल सकिन लाग्दा इन्जुरी समयमा अनन्त तामाङले हेडिङमार्फत निर्णायक गोल गर्दै नेपाललाई हारबाट जोगाए।

यो खेल दुवै देशका लागि आगामी एएफसी एसियन कप छनोट तयारीको रुपमा लिइएको छ । नेपालले अब आगामी नोभेम्बर १८ ९मंसिर २८० मा मलेसियासँग छनोट चरणको खेल खेल्नेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ९ : ५६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना