भारतद्वारा भेनेजुएलालाई २.७ टन अत्यावश्यक खोप सहयोग प्रदान « Khabarhub

भारतद्वारा भेनेजुएलालाई २.७ टन अत्यावश्यक खोप सहयोग प्रदान


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा २.७ टन अत्यावश्यक खोप सहयोग प्रदान गरेको छ । भारतीय विदेश मन्त्रालयले ‘ग्लोबल साउथ’ मुलुकलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप भेनेजुएलालाई उक्त खोप प्रदान गरिएको जानकारी दिएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ‘ग्लोबल साउथ’ मुलुकलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप भेनेजुएलाका जनतालाई उक्त सामग्री प्रदान गरिएको जानकारी दिएका हुन् । यस सहयोगले भेनेजुएलाको जनवास्थ्य प्रणालीलाई थप सुदृढ गरी हजारौँ जनतालाई लाभ मिल्ने अपेक्षा गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईले दुई मुलुकबीच ६ दशकदेखि सुमधुर र न्यानो सम्बन्ध रहेको जनाएको छ । सन् २०२३ मा दुबै मुलुकले द्विपक्षीय सम्बन्ध स्थापनाको ६४ औँ वार्षिकोत्सव मनाएका थिए ।

विगत चार दशकदेखि काराकास र नयाँ दिल्लीमा रहेका दूतावासले कूटनीतिक गतिविधि सञ्चालन गर्दै आएको पनि एएनआईले उल्लेख गरेको छ ।

भेनेजुएला भारतका लागि तेल आपूर्ति गर्ने महत्वपूर्ण साझेदार मुलुक हो भने भारतले भेनेजुएलातर्फ औषधि, मेसिनरी, विद्युतीय उपकरण र टेक्सटाइल आपूर्ति गर्दै आएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : ०१ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको