भारतद्वारा भेनेजुएलालाई २.७ टन अत्यावश्यक खोप सहयोग प्रदान « Khabarhub

भारतद्वारा भेनेजुएलालाई २.७ टन अत्यावश्यक खोप सहयोग प्रदान


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा २.७ टन अत्यावश्यक खोप सहयोग प्रदान गरेको छ । भारतीय विदेश मन्त्रालयले ‘ग्लोबल साउथ’ मुलुकलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप भेनेजुएलालाई उक्त खोप प्रदान गरिएको जानकारी दिएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ‘ग्लोबल साउथ’ मुलुकलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप भेनेजुएलाका जनतालाई उक्त सामग्री प्रदान गरिएको जानकारी दिएका हुन् । यस सहयोगले भेनेजुएलाको जनवास्थ्य प्रणालीलाई थप सुदृढ गरी हजारौँ जनतालाई लाभ मिल्ने अपेक्षा गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईले दुई मुलुकबीच ६ दशकदेखि सुमधुर र न्यानो सम्बन्ध रहेको जनाएको छ । सन् २०२३ मा दुबै मुलुकले द्विपक्षीय सम्बन्ध स्थापनाको ६४ औँ वार्षिकोत्सव मनाएका थिए ।

विगत चार दशकदेखि काराकास र नयाँ दिल्लीमा रहेका दूतावासले कूटनीतिक गतिविधि सञ्चालन गर्दै आएको पनि एएनआईले उल्लेख गरेको छ ।

भेनेजुएला भारतका लागि तेल आपूर्ति गर्ने महत्वपूर्ण साझेदार मुलुक हो भने भारतले भेनेजुएलातर्फ औषधि, मेसिनरी, विद्युतीय उपकरण र टेक्सटाइल आपूर्ति गर्दै आएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : ०१ बजे

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय