एमालेको ११औँ महाधिवेशन आजदेखि, २२ सय बढी प्रतिनिधि सहभागी हुँदै « Khabarhub

एमालेको ११औँ महाधिवेशन आजदेखि, २२ सय बढी प्रतिनिधि सहभागी हुँदै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनआजदेखि सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थित मैदानमा दिउँसो १ बजे उद्घाटन गर्ने छन् ।

मंसिर १९ गतेसम्म चल्ने महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी हुँदै छन् । नेतृत्व चयनका लागि आइतबारदेखि भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुनेछ ।

पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भदौ २० देखि २२ गतेसम्म भएको दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान र नीति कायम राखेर अध्यक्षका लागि केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । दुवै पक्ष १५ सदस्यीय पदाधिकारीका लागि प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने सम्भावना छ ।

एमालेको हिजो (शुक्रबार) बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया, बन्दसत्र सञ्चालन र नेतृत्व निर्माणको आधार तय गरिसकेको छ । बैठकले विधान महाधिवेशनले पारित गरेको संरचनाअनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख मानिस सहभागी हुने दाबी गरेका छन् ।

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीका अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ७ : ०८ बजे

महान्यायाधिवक्ता जोडिएको अवैध डिम्ब कारोबार प्रकरणले जन्माएका प्रश्न

काठमाडौं- नाबालिकाहरूको डिम्ब अवैध कारोबारको घटना बाहिरिएपछि इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियामाथि नै

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको

कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार

तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन सम्पन्न

भक्तपुर– यसवर्षको तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन शुक्रबार चाँगुनारायण नगरपालिकामा

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य