यु–१९ एसिया कप : नेपालले आज श्रीलङ्कासँग खेल्दै « Khabarhub

यु–१९ एसिया कप : नेपालले आज श्रीलङ्कासँग खेल्दै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रंगशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

८ टोली सहभागी प्रतियोगितामा समूह ‘बी’ बाट नेपाल र श्रीलंकासँगै बंगलादेश र अफगानिस्तान तथा समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् ।

नेपालले दोस्रो खेलमा आगामी सोमबार (मंसिर २९ गते) बंगलादेश र तेस्रो खेलमा पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।

शुक्रबार सुरु भएको प्रतियोगिता फाइनल खेल पुस ६ गते हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ९ : ४७ बजे

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै