एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति « Khabarhub

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक भएको छ ।

पार्टीको सचिवालय बैठकले विधानअनुसार मनोनीत गरेका यी प्रतिनिधिसँगै महाधिवेशनमा कुल २ हजार २६२ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

यद्यपि, यो सूची सार्वजनिक हुनासाथ पार्टीभित्र विवाद उत्पन्न भएको छ । अध्यक्ष पदका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनोनीत सूचीप्रति गम्भीर असहमति जनाएका छन् ।

शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र आफू बसेर १०८ जना प्रतिनिधि टुंगो लगाउने सहमति भएको थियो ।

सोही सहमतिअनुसार आज बिहान दुवै नेताबीच छलफल हुने कुरा भएको तर सहमति विपरीत एकलौटी रूपमा सूची प्रकाशित गरिएको पोखरेलले बताएका छन्।

‘आज प्रकाशित सूची हिजो अध्यक्ष कमरेडले प्रस्तुत गर्नुभएको नामावली मात्र हो’, उनले भने, ‘मैले हिजै आफ्नो समूहबाट अलग सूची प्रस्तुत गरेको थिएँ । दुवै सूचीबीच सहमति खोज्ने निर्णय भएको थियो, तर त्यो सहमति उल्लङ्घन गरियो ।’

मनोनीत प्रतिनिधिको छनोटमा ओली र पोखरेल समूहबीच ६०/४० अनुपातमा भागबन्डा भएको बताइए पनि पोखरेल पक्षले यो प्रक्रियालाई एकपक्षीय भएको आरोप लगाएको छ ।

यसअघि पनि प्रतिनिधि छनोट प्रक्रियामा विभिन्न जिल्लामा विवाद देखिएको थियो ।

एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्‌घाटन हुँदैछ भने बन्दसत्र काठमाडौंमा सञ्चालन हुनेछ ।

महाधिवेशनमा अध्यक्ष पदमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने अवस्थामा नयाँ विवादले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई थप उजागर गरेको छ ।

पार्टीले सार्वजनिक गरेको सूचीमा विभिन्न क्लस्टरबाट मनोनीत नेताहरू समावेश छन् । 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ११ : २९ बजे

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी– पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन

शैक्षिक गुणस्तर उकास्न विद्यालयलाई ४२ थान कम्युप्टर प्रदान

काठमाडौं– काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र

१४ वर्षपछि भारत पुगे मेसी : चार शहर घुमेर सचिन तेन्दुलकर, शाहरुख र प्रधानमन्त्री मोदीसँग भेट्दै

नयाँदिल्ली– अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आएका

नेपालको पहिलो रामसार क्षेत्र कोशी टप्पु (तस्बिरहरू)

काठमाडौं– संसारभर सिमसार क्षेत्रको जैविक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली– नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा