कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस « Khabarhub

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । 

पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । 

क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जना सिफारिस गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य शंकर भण्डारीसहित सात जनाको नाम सिफारिस गरिएको छ।

खनालका अनुसार राष्ट्रियसभाका लागि केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित सात जनाको नाम सिफारिस गरिएको छ । 

क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ गोविन्द भट्टराई, रामचन्द्र पोख्रेल, सरिता गुरुङ, दीपक भट्टराई, डा जगदीशचन्द्र पोखरेल, रमेशबाबु भट्टराई, पुरुषोत्तम खनाल, उद्धव पौडेल र श्याम कुमारी मौराती सिफारिस भएका छन् । 

यस्तै समानुपातिकतर्फ दलिततर्फ डोबाटे विक र यमुना विक, महिलातर्फ चिनु पोखरेल, पवित्रा पौडेल, मीरा जोशी, चिजा श्रेष्ठ, एलिजा ढकाल, अपाङ्ग अल्पसङ्ख्यकतर्फ प्रकाश पन्थ, जब्बरदिन मिया मुन्ना, साहिदा खातुन र अन्यतर्फ समुन्द्र गोदार तथा हरिदत्त पौडेल सिफारिस भएका छन् । 

क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ शंकर भण्डारी, प्रदीप पौडेल, पुष्पराज पराजुली, चुडामणि खनाल, चामबहादुर थापा, डा. यदुनाथ खनाल र नवीन खनालको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरेको नाम सिफारिस गरिएको छ । 

राष्ट्रियसभाका लागि कुलचन्द्र वाग्ले, ध्रुव वाग्ले, रघुनाथ पौडेल, लक्ष्मी आचार्य, डा कृष्णप्रसाद गौतम, अर्जुन अधिकारी र विद्या खनालको नाम सिफारिस गरिएको छ । 

क्षेत्र नम्बर १ र २ को संसदीय समितिको सिफारिस अनुसारको नामावली नेपाली कांग्रेस तनहुँमार्फत गण्डकी प्रदेश कार्यसमिति हुँदै केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको खनालले बताए । 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १२ : ३० बजे

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त

निर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ?

निर्वाचन आयोगले माघ १० गते प्रत्क्षतर्फका ३ हजार ४ सय

पूर्वराजा शाह जनकपुरमा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन्

चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा