कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस « Khabarhub

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । 

पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । 

क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जना सिफारिस गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य शंकर भण्डारीसहित सात जनाको नाम सिफारिस गरिएको छ।

खनालका अनुसार राष्ट्रियसभाका लागि केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित सात जनाको नाम सिफारिस गरिएको छ । 

क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ गोविन्द भट्टराई, रामचन्द्र पोख्रेल, सरिता गुरुङ, दीपक भट्टराई, डा जगदीशचन्द्र पोखरेल, रमेशबाबु भट्टराई, पुरुषोत्तम खनाल, उद्धव पौडेल र श्याम कुमारी मौराती सिफारिस भएका छन् । 

यस्तै समानुपातिकतर्फ दलिततर्फ डोबाटे विक र यमुना विक, महिलातर्फ चिनु पोखरेल, पवित्रा पौडेल, मीरा जोशी, चिजा श्रेष्ठ, एलिजा ढकाल, अपाङ्ग अल्पसङ्ख्यकतर्फ प्रकाश पन्थ, जब्बरदिन मिया मुन्ना, साहिदा खातुन र अन्यतर्फ समुन्द्र गोदार तथा हरिदत्त पौडेल सिफारिस भएका छन् । 

क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ शंकर भण्डारी, प्रदीप पौडेल, पुष्पराज पराजुली, चुडामणि खनाल, चामबहादुर थापा, डा. यदुनाथ खनाल र नवीन खनालको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरेको नाम सिफारिस गरिएको छ । 

राष्ट्रियसभाका लागि कुलचन्द्र वाग्ले, ध्रुव वाग्ले, रघुनाथ पौडेल, लक्ष्मी आचार्य, डा कृष्णप्रसाद गौतम, अर्जुन अधिकारी र विद्या खनालको नाम सिफारिस गरिएको छ । 

क्षेत्र नम्बर १ र २ को संसदीय समितिको सिफारिस अनुसारको नामावली नेपाली कांग्रेस तनहुँमार्फत गण्डकी प्रदेश कार्यसमिति हुँदै केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको खनालले बताए । 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १२ : ३० बजे

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर