देउवा, प्रचण्ड र माधवपछि कमल थापा पनि एमालेको महाधिवेशन उद्घाटनमा सहभागी नहुने « Khabarhub

देउवा, प्रचण्ड र माधवपछि कमल थापा पनि एमालेको महाधिवेशन उद्घाटनमा सहभागी नहुने


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् ।

एमालेको महाधिवेशन आज भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई व्यक्तिगत रूपमा निमन्त्रणा गरेका थिए। तर थापाले विशेष कारणवश उपस्थित हुन नसक्ने जनाउँदै धन्यवादसहित शुभकामना सन्देश पठाएका छन्।

थापाको सन्देशमा भनिएको छ, ‘देशको अग्रणी साम्यवादी शक्ति नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा गर्नुभएकोमा अध्यक्ष केपी ओलीलाई हार्दिक धन्यवाद। विशेष कारणवश उपस्थित हुन सकिन। महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु। राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण एवम् सुशासनको प्रत्याभूतिको निम्ति महाधिवेशन कोसेढुङ्गा सावित हुन सकोस्। देश कठिन अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा यो महाधिवेशनबाट एमालेले सशक्त एकताको सन्देश प्रवाहित गर्न सकोस्। शुभकामना!’

एमालेको यो महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ। उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ, तर प्रमुख विपक्षी नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा पनि अनुपस्थित हुने भएका छन्।

थापाको यो निर्णयमा पनि अड्कलबाजी सुरु भएको छ। राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्थासम्बन्धी मुद्दालाई जोड दिँदै आन्दोलनको तयारी गरिरहेको सन्दर्भमा यो अनुपस्थिति अर्थपूर्ण मानिएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : ३२ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले