म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस « Khabarhub

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेद्वारका लागि नेपाली कांग्रेस म्याग्दीले दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति खमबहादुर गर्बुजा र उपसभापति कर्णबहादुर भण्डारीको नाम सिफारिस गरिएको हो ।

विसं २०७९ को निर्वाचनमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजा जेनजी आन्दोलनअघि तत्कालीन सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।

बेनीस्थित पार्टी कार्यालयमा आज बसेको जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले केन्द्रिय समितिको निर्देशनअनुसार प्रत्यक्ष र समानुपातिकतर्फका उमेद्वारको नाम सिफारिस गरेको सचिव हिराबहादुर पुनले बताए ।

उनका अनुसार छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र छ । त्यस्तै राष्ट्रियसभा निर्वाचनका लागि पुरुषतर्फ नेत्रबहादुर महत र महिलातर्फ निर्मला श्रेष्ठको नाम सिफारिस गरिएको उहाँले जानकमारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ८ : ३२ बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्