होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते « Khabarhub

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

दाङ – जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।

लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल आज पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किँएको हो । गौतमको अवस्था सामान्य रहेको जनाउँदै उहाँले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । यसअघि गत शनिबार लमहीस्थित एक सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ८ : ५९ बजे

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी