गुटेर्रेसद्वारा इराकमा संयुक्त राष्ट्रसङ्घको मिसन समापनको घोषणा « Khabarhub

गुटेर्रेसद्वारा इराकमा संयुक्त राष्ट्रसङ्घको मिसन समापनको घोषणा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बग्दाद – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा गरेका छन् ।

बग्दादको अनुरोधमा इराकका लागि संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई)ले सन् २००३ को आक्रमण र कब्जापछि देशको सङ्क्रमणकालमा सहयोग गरेको २२ वर्षपछि आफ्नो अभियान बन्द गर्नेछ ।

मिसनको समापन समारोहमा गुटेर्रेसले भने, “इराकी जनतासँग काँधमा काँध मिलाएर हिँड्न पाएकोमा युएनएएमआई आभार व्यक्त गर्दछ ।”

उनले भने, “मिसन टुङ्गिए पनि संयुक्त राष्ट्रसङ्घ इराकका जनतासँगै शान्ति, दिगो विकास र मानव अधिकारको मार्गमा अघि बढ्नेछ ।” इराकमा संयुक्त राष्ट्रसङ्घका सङ्घसंस्था र कार्यक्रमहरू जारी रहनेछन् ।

यसअघि इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले भने, “विश्वले बुझ्नै पर्ने एउटा कुरा छ, इराक अब सामान्य देश बनेको छ ।”

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ९ : २४ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न