कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ : डा कोइराला « Khabarhub

कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ : डा कोइराला


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो रहेको बताएका छन् ।

प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारी एवम् सदस्यसँग आज काठमाडौँमा भएको छलफलमा उनले पार्टी पुनःनिर्माणका लागि अझै पनि प्रजातन्त्र सेनानीका अनुभव र सहयोगको खाँचो रहेको बताएका हुन् ।

नेता डा कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पु¥याउनुभएको योगदानको उच्च रहेको र त्यसको सधैँ कदर हुने उल्लेख गरे । उनले पार्टीभित्र वरिष्ठ नेता र युवा पुस्ताको मिलनविन्दु आफू भएकोसमेत बताए ।

नेता डा कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका कार्यक्रममा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नहुँदा देशमा पछिल्लो परिस्थिति निर्माण भएको जिकिर गरे ।

“मैले कोरोना महामारीको समयदेखि नै युवाका लागि केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको थिए, त्यसको सुनुवाइ भएन”,उनले भने,“सयौँ योद्धा र युवाको रगत पसिनाले निर्माण भएको पार्टीमा सैद्धान्तिक विचलन आएको छ । अब त्यसको समीक्षा गर्दै पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनःनिर्माण जरुरी छ ।”

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ९ : ४० बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्