कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ : डा कोइराला « Khabarhub

कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ : डा कोइराला


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो रहेको बताएका छन् ।

प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारी एवम् सदस्यसँग आज काठमाडौँमा भएको छलफलमा उनले पार्टी पुनःनिर्माणका लागि अझै पनि प्रजातन्त्र सेनानीका अनुभव र सहयोगको खाँचो रहेको बताएका हुन् ।

नेता डा कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पु¥याउनुभएको योगदानको उच्च रहेको र त्यसको सधैँ कदर हुने उल्लेख गरे । उनले पार्टीभित्र वरिष्ठ नेता र युवा पुस्ताको मिलनविन्दु आफू भएकोसमेत बताए ।

नेता डा कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका कार्यक्रममा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नहुँदा देशमा पछिल्लो परिस्थिति निर्माण भएको जिकिर गरे ।

“मैले कोरोना महामारीको समयदेखि नै युवाका लागि केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको थिए, त्यसको सुनुवाइ भएन”,उनले भने,“सयौँ योद्धा र युवाको रगत पसिनाले निर्माण भएको पार्टीमा सैद्धान्तिक विचलन आएको छ । अब त्यसको समीक्षा गर्दै पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनःनिर्माण जरुरी छ ।”

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ९ : ४० बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा