गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ « Khabarhub

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत गाउँबस्तीको विकास निर्माणमा सरकार सक्रिय रहेको बताएका छन् ।

नुवाकोटको बेलकोटगढी–१३ स्थित ढाडेफेदीमा आज पक्की पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा उनले ठूला योजना कार्यान्वयनसहित जनचाहनाअनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै जनताको चाहनाअनुरुप पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा र रोजगार सिर्जनाका काममा केन्द्रीत रहेको बताए ।

उनले भने,“केन्द्र सरकारले नीति निर्माणका काम गर्नुपर्छ । प्रदेश तथा स्थानीय सरकारले जनताको नजिक रहेर जनचाहनाअनरुप विकासमा केन्द्रीत हुनुपर्ने आवश्यकता छ । मेरो नेतृत्वको सरकारले गाउँमुखी, न्याय, आय र विकासमुखी काम गर्ने दृढ सङ्कल्प लिएको छ । गरिबका सन्तानलाई निःशुल्क अध्ययनको प्रबन्ध मिलाउने, पछि परेका समुदायलाई प्राविधिक निःशुल्क शिक्षा दिएर स्वदेशमा नै रोजगार दिने लक्ष्य पूरा गर्न प्रतिबद्ध छौँ ।”

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको बदलिँदो राजनीतिक परिवेशपश्चात् गाउँको विकास र चेतनास्तर वृद्धि भए पनि रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न नसकेको भन्दै अब त्यसमा ध्यान केन्द्रीत गर्नुपर्ने मुख्यमन्त्री बानियाँको जोड थियो ।

यहाँको बेलकोटगढी नगरपालिका–१३ र ककनी गाउँपालिका–७ जोड्न ढाडेखोलामा पक्की पुल निर्माण सुरु गरिएको हो । प्रदेश सरकारको रु चार करोड ९४ लाख बजेटमा निर्माण हुने पुलको समयावधि अठार महिना तोकिएको छ ।

मुख्यमन्त्री बानियाँले आजै बेलकोटगढी–१३ र लिखु–३ जोड्न सुपारीखोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरे । प्रदेश सरकारमार्फत रु आठ करोड ७८ लाखमा निर्माण गरिएको हो । त्यस अवसमार तोकिएको अवधिभन्दा अगावै पुल सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी जयविष्णु निर्माण सेवा प्रालीलाई कदरपत्रसहित सम्मान गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १० : ११ बजे

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी