एनपीएलः रोहितले जिते कार, अरूले के पाए ? « Khabarhub

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा ‘प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै कार हात पारेका छन् ।

लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो । लुम्बिनीको सफलतामा रोहितको अलराउन्ड प्रदर्शन निर्णायक रह्यो । उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे ।

नेपालको तर्फबाट उनी सर्वाधिक रनकर्ता पनि हुन् । विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्फ पनि १० विकेट लिए भने उत्कृष्ट ब्याटर पनि भए । उनले प्रतियोगिताको ‘इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै पल्सर मोटरसाइकलसमेत पाए ।

यस्तै, १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त रुपमा सन्दीप लामिछाने र अविनाश बोहोरा शीर्ष स्थानमा रहे । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन, सर्वोत्कृष्ट बलर सन्दीप लामिछाने बने । ‘रेडबुल प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै बोहरा र लामिछानेले सर्वोत्कृष्ट बलर पुरस्कारसहित मोटरसाइकल पाए । ट्रम्पलम्यानले रु पाँच लाख पुरस्कार जिते । यस्तै, लुम्बिनीका तिलकराज भण्डारी ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए ।

लुम्बिनीका शेर मल्लले ‘इमर्जिङ’ खेलाडी बन्दै मोटरसाइकल हात पारे । पुरस्कार विजेतालाई सञ्चारमन्त्री जगदीश खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १० : ३२ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर