किन हुँदैछ ५४ वर्षकी मनिषा कोइरालाको ‘डेट’ चर्चा ? « Khabarhub

किन हुँदैछ ५४ वर्षकी मनिषा कोइरालाको ‘डेट’ चर्चा ?


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली मुलकी स्थापित बलिउड नायिका हुन्– मानिषा कोइराला । उनी नेपाली कांग्रेसका स्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइराली नातिनी हुन् ।

मनिषा सन् १९७० मा काठमाडौंमा जन्मिए पनि उनले आफ्नो कार्यथलो बलिउडलाई बनाइन् । उनले बलिउड स्टार सलमान खान, शाहरुख खान, सञ्जय दत्त, गोबिन्दा जस्ता हिरोहरुसँग पनि फिल्म गरेकी छिन् ।

अहिलेसम्म उनले ७० भन्दा फिल्ममा अभिनय गरेकी छिन् । उनलाई बलिउडमा वरिष्ठ नायिकाको सम्मान दिइन्छ ।

बलिउडमा मनिषाको व्यक्तिगत जीवनले पनि उतिकै चर्चा पाउँछ । कहिले प्रेम, डिभोर्स र कहिले विमारका कारण उनी चर्चामा आइरहन्छिन् ।

कारण- मनिषाले फिल्मी करिअर सफल बनाए पनि विवाहलाई सफल बनाउन सकिनन् । उनले ४० वर्षको उमेरमा सन् २०१० मा सम्राट दाहालसँग विवाह गरिन् । उनको विवाह २ वर्ष मात्रै टिक्यो । उनीहरुको डिभोर्स भयो ।

उनी सन् २०१२ ताका क्यान्सर संक्रमित भइन् । क्यान्सरलाई पराजित गरेर धेरैको प्रेरणा बनेको भन्दै उनको नेपाली तथा भारतीय मिडिया चर्चा पनि भएको थियो ।

मनिषा अहिले ५४ वर्षकी भइन् । फिल्ममा उनी सक्रियरुपमा छिन् । केही समय अघिसम्म आफू कसैको प्रेममा नरहेको र स्वतन्त्र जीवन जिउँदै आएको दाबी गरिरहेकी थिइन् ।

अहिले उनको एक अन्तर्वार्ताको अभिव्यक्तिले चर्चा पाएको छ । भारतीय मिडिया पिंकभिल्लासँगको अन्तर्वार्तामा उनले प्रेम सम्बन्धबारे गरेको टिप्पणीले चर्चा पाएको हो ।

उनलाई अन्तर्वार्तामा सोधिन्छ, ‘तपाईंले प्रेमीको कमी महसुस गर्नुहुन्छ ?’ मानिषा प्रश्नकर्तालाई प्रतिप्रश्न गरिन्, ‘कसले भन्यो मसँग छैन ?’ र उनी हाँस्छिन् ।

मनिषको यो भनाइको तार्किक अर्थ हुन्छ- उनका प्रेमी छन् । तर, उनको आफूले ठट्टाका रुपमा उक्त प्रतिप्रश्न गरेको बताउँछन् ।

प्रेमीको कमी महसुसबारे उनी अगाडि भन्छिन्, ‘म मेरो जीवनमा सम्झौता गर्न चाहदिनँ । कोही मेरो जीवनसँगै हिड्ने पाएँ भने म खुसी हुनेछु तर अहिले मेरो जीवन परिवर्तन गर्न चाहन्नँ ।’

यही अन्तर्वार्ताका कारण अहिले मनिषा चर्चामा छिन् । उनले उक्त एक घण्टा लामो अन्तवार्तामा बलिउडको सुरुवाती संघर्ष र किस्सा, आफ्ना पूराना दिन, भविष्यका योजना र आफ्ना रुचि लगायतको विषयमा खुलेर बोलेकी छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ६ : ३० बजे

यो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण

काठमाडौं – हलमा न्यून संख्यामा दर्शक आएपछि फागुन १ बाट

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

काठमाडौं– सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत

पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना सबै दललाई

विश्वकपमा १२ वर्षपछिको जित : दीपेन्द्रको प्रभाव र सोमपालको कमब्याकले दिलाएको खुसी

काठमाडौं– नेपालले तेस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दा सुपर–८

धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै