आगोमा ओलम्पिक पदक जलेपछि आइओसीले अर्को सेट दिने « Khabarhub

आगोमा ओलम्पिक पदक जलेपछि आइओसीले अर्को सेट दिने


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स – आगलागीमा परेर ओलम्पिक पदक नास भएपछि अमेरिकाका पौडीबाज गेरी हल जुनियरले ओलम्पिक पदकको नयाँ सेट नै पाउने भएका छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का अध्यक्ष थोमस ब्लाचले यस विषयमा जानकारी दिएका हुन्। घरमा आगो पसेपछि उनी कुकुर, मधुमेहका कारण प्रयोग गर्दै आएको इन्सुलिन र हजुरबाको फोटो लिएर हतारमा भागेका थिए। यसपछि उनी घरमा फर्कन नै असमर्थ रहे।

सन् १९९६ देखि २००४ को बीचमा उनले जितेका ५ ओलम्पिक स्वर्ण पदकका साथमा तीन रजत तथा दुई कास्य पदक पनि त्यही छुटेको थियो। अहिले पनि बलिरहेको आगोमा इटनमा ३३ प्रतिशत नियन्त्रणमा रहेको जनाइएको छ।

सान्टा आनाको आगोको तप्का अझ गइरहेको छ। राष्ट्रिय मौसम विभागका अनुसार बुधबार बिहानसम्म अझ जटिल अवस्था आउन सक्छ। बुधबारसम्मका लागि सावधान रहन चेतावनी दिइएको छ।

मंगलबार पिकमा पुग्ने अनुमान गरिएको सो हुरीको गति ११२ किलोमिटर प्रतिघण्टा रहने छ। सुख्खा तथा कम आर्द्रता भएका कारण सो हुरीले आगोलाई अझ तेज गतिमा फैलाउने सम्भावना छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : २१ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह