तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक : प्रचण्ड « Khabarhub

तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक : प्रचण्ड


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर  पहल  गरिरहेको बताएका छन् ।

 आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए। यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष  प्रचण्डले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटक पटक  कुराकानी भएको बताए। नाका पुनः सहज रूपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले पहिलो पटक नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : १० बजे

सुकी रिहाइको लागि आसियानले गरेको आह्वान म्यान्माद्वारा अस्वीकार 

बैङ्कक– म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ सान सुकीको

प्रधानमन्त्रीसँग भेटेपछि राजदूत श्रीवास्तव भन्छन् : नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने कुरा भयो

काठमाडौं- नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटेर

बक्स अफिसमा ‘गौँथली’को तहल्का, २४ दिनमै २० करोड क्लब नजिक

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले बक्स

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल 

काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन

परमाणु सम्झौताबिनै इरानसँग युद्ध अन्त्य गर्न तयार हुँदै ट्रम्प, होर्मुज खोल्नुपर्ने शर्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी