युद्धविरामतर्फ इजरायल-हमास : विपिनको रिहाइका लागि कतारका समकक्षीसँग परराष्ट्रमन्त्रीले मागिन् सहयोग | Khabarhub Khabarhub

युद्धविरामतर्फ इजरायल-हमास : विपिनको रिहाइका लागि कतारका समकक्षीसँग परराष्ट्रमन्त्रीले मागिन् सहयोग


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।

हमास समूहको नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतार सरकारसँग पहल गरेकी हुन् ।

हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन राणाले आग्रह गरिरहेकी छन्।

यहीक्रममा मन्त्री डा. राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छन् । मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता छन् ।

मन्त्री डा. राणाले कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमाकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइमा विशेष पहल गरिदिन आग्रह गरेकी हुन् ।

मन्त्री डा. राणाले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले नेपाली युवा विपिनको रिहाइका लागि पनि पहल गरिदिन अपिल गरिन् ।

कुराकानीका क्रममा कतारका मन्त्री डा. खुलाइफीले हमासलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराउँदै अपहरणमा परेकाको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको जवाफ दिए ।

कतारका मन्त्री डा खुलाइफीले नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरूले प्राथमिकतामा राखेको बताए ।

पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म त्यसमै, सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

यसअघि मन्त्री डा. राणाले इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि पहल गरिरहेको छ ।

गत हप्ता उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत् दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिनका लागि आग्रह गरेकी थिइन् ।

यसअघि उनले गत हप्ता नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग पनि आग्रह गरिन् ।

राजदूत बासले मन्त्री डा राणासँग हमास समूहले ३४ जनालाई रिहा गर्न लागेको बताए । त्यसमा वृद्धवृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्तिको सूची समाचार इजरायल सरकारले प्राप्त गरेको जानकारी दिएका थिए ।

सन् २०२३ अक्टोबर ७ मा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढीको हत्या गरेका थिए ।

त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि छन् । विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  २ : ०५ बजे

लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह

काठमाडौं – पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको

सरकारले रहर लागेर अध्यादेश ल्याएको होइन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले

पर्वत कारागारमा आमासँगै बालिका थुनामा

पर्वत – जिल्ला कारागार पर्वतमा एक चार वर्षीया बालिका विगत

काश्मिरमा बारुदी एम्बुस पड्किँदा भारतका आधादर्जन सैनिक घाइते

एजेन्सी – भारतको कश्मीरमा मङ्गलबार भएको बारुदी सुरङ्ग विस्फोटमा भारतका

उपेन्द्र यादवको दाबी – सबै साना दल अब लुज अलायन्समा !

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशकेन्द्रित