राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट भएर अघि बढौँ : राष्ट्रपति « Khabarhub

राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट भएर अघि बढौँ : राष्ट्रपति


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न एकजुट भएर अघि बढ्न पनि आव्हान गरेका छन् । 

माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापन कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न पनि आव्हान गरेका हुन् । 

उनले देशमा सुशासन, विकास र शान्ति नै नेपाल र नेपालीको अभीष्ट भएको धारणा राखे ।  

उनले संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्ति नै भएको बताए  । 

राष्ट्रपति पौडेलले सबैलाई आआफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा मिल्ने भन्दै सम्पूर्णमा माघी पर्वको शुभकामना व्यक्त गरे । 

चियापान कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व उपराष्ट्रपति, विभिन्न दलका शीर्ष नेतालगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  २ : १७ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा