धनुषा धाममा मकर मेला « Khabarhub

धनुषा धाममा मकर मेला


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– यहाँको प्रसिद्ध धार्मिकस्थल धनुषा धाममा आज बिहानैदेखि एकमहिने मकर मेला सुरु भएको छ । मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिकाले गर्दै आएको छ ।

मेलामा देशका विभिन्न भागका साथै भारतबाट पनि धेरै श्रद्धालु आउने गरेका छन् । सीता स्वयम्वरका बेला श्रीराम धनुष उठाउँदा त्यसको एक टुक्रा आकाश, अर्को पाताल र बीचको भाग धनुषा धाममा झरेको किंवदन्ती छ ।

धनुषको टुक्रा खसेको जनकपुरधामको पोखरी धनुष सागरका नामले चिनिन्छ । यो स्थानमा धनुष बाबाको मन्दिर पनि छ जहाँ हरेक वर्ष माघमा मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्प एवं जल अर्पण गर्ने चलन छ । 

पाँच मकर स्नान गरेर धनुष भगवान्को दर्शन गरेपछि सय  रामेश्वरमको दर्शन गरेको पुन्य प्राप्त हुने जनविश्वास छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ३ : १३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता