महाेत्तरी– मधेश प्रदेशका पालिकाहरूले खेलकुदको विकास र खेलाडी उत्पादनमा ध्यान दिन थालेका छन् । पछिल्लो समय बाक्लै आयोजना हुँदै आएको क्रिकेट प्रतियोगिताहरूले पनि यसलाई पुष्टि गरेको छ ।
यसै क्रममा आजैदेखि महोत्तरीको बर्दिबासमा दोस्रो मेयर कपकोरुपमा वडास्तरिय क्रिकेट खेल प्रतियोगिताको आयोजना गरिएको छ ।
पालिकामा खेलाडीहरूको पहिचान र नवीन खेलाडीहरूको उत्पादन गर्ने उद्देश्यले नगरको आर्थिक सहयोगमा श्री सर्च-४४ खेलकुद तथा सांगितिक समूहको आयोजनामा पालिकाका १३ समूहबीच प्रतियोगिता हुँदै छ ।
४ लाख खर्चको अनुमान गरिएको प्रतियोगितामा विजेतालाई ५१ हजार र उपविजेतालाई २५ हजार नगद पुरस्कारको समेत व्यवस्था गरिएको खेल संयोजक इमेश साह (अनिल)ले जानकारी दिए ।
माघ ९ गतेसम्म जारी रहने उक्त खेल आजबाट औपचारिक सुरुवात गरिने आयोजक पक्षले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष योगेश हमालका अनुसार प्रतियोगिता एउटा प्रक्रिया भएता पनि क्रिकेटमा खेलाडीहरूको उत्पादन गर्नु नै प्रमुख उद्देश्य रहेको छ ।
प्रतिक्रिया