'सञ्चारमाध्यमले निष्पक्षतापूर्वक समाचार सम्प्रेषण गर्नुपर्छ' | Khabarhub Khabarhub

‘सञ्चारमाध्यमले निष्पक्षतापूर्वक समाचार सम्प्रेषण गर्नुपर्छ’


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले सूचना प्रणालीलाई बलियो बनाउँदै सत्य र निष्पक्ष जानकारी प्रवर्द्धन गरी समाजलाई दिगो, न्यायसङ्गत र समावेशी बनाउनुपर्नेमा जोड दिएका छन् । 

मंगलबार आयोजित सार्वजनिक सेवा प्रसारण नेपालको पूर्वारम्भ कायक्रममा उनले भने, ‘सूचनाले व्यक्तिलाई सशक्त, सही निर्णय गर्न सक्षम बनाउँछ र सूचना भनेको ज्ञानको संवाहक हो ।’

उनले सूचना लोकतान्त्रिक मूल्य मान्यता र समाजको समृद्धिको आधारशिलासँग जोडिएको बताउँदै सत्य सूचनाले जनताको आधारभूत अधिकार प्राप्त गर्न सहयोग पुग्ने बताए। 

सार्वजनिक सेवा प्रसारणले सूचनाको पहुँचलाई विश्वसनीय र सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।

‘सूचना–अधिकार, केवल कानुनी अधिकार होइन यो एक मौलिक मानव अधिकार हो’, उपाध्यक्ष अधिकारीले भने। उनले असमान सूचना प्रवाह वा पहुँचबाट समाजमा ठूलो प्रभाव पर्ने धारणा राखे । 

त्यसैगरी सोही कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण ऐनमा तोकिएको काम, कर्तव्य र अधिकार अनुसार प्राथमिकताका साथ काम गर्न निर्देशन दिएका छन् । उनले सार्वजनिक सेवा प्रसारणको मुलभूत सिद्धान्त बमोजिम काम गर्नुपर्नेमा जोड दिए । 

७४ बर्षे इतिहास बोकेको रेडियो नेपाल र ४० वर्षको इतिहास बोकेको नेपाल टेलिभिजनको आफ्नै महत्त्व रहेको बताउँदै उहाँले सार्वजनिक सेवा प्रसारण नेपालको मर्म अनुरूप काम गर्नुपर्ने बताए।

सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालका अध्यक्ष डा महेन्द्र विष्टले पीएसबी संस्था समृद्ध राष्ट्र निर्माणको संवाहक बन्ने बताए। 

रेडियो नेपाल र नेपाल टेलिभिजनबीच एकीकरण गरी सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्ने गरी सार्वजनिक सेवा प्रसारण सेवासम्बन्धी ऐन, २०८१ असोज २२ गते प्रमाणीकरण भई त्यसको ३१औँ दिन अर्थात् २०८१ कात्तिक ३० गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ४ : २८ बजे

लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह

काठमाडौं – पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको

सरकारले रहर लागेर अध्यादेश ल्याएको होइन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले

पर्वत कारागारमा आमासँगै बालिका थुनामा

पर्वत – जिल्ला कारागार पर्वतमा एक चार वर्षीया बालिका विगत

काश्मिरमा बारुदी एम्बुस पड्किँदा भारतका आधादर्जन सैनिक घाइते

एजेन्सी – भारतको कश्मीरमा मङ्गलबार भएको बारुदी सुरङ्ग विस्फोटमा भारतका

उपेन्द्र यादवको दाबी – सबै साना दल अब लुज अलायन्समा !

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशकेन्द्रित