मोर्चातिर तराई-मधेसकेन्द्रित दल, अमरेश सिंह पनि जोडिए | Khabarhub Khabarhub

मोर्चातिर तराई-मधेसकेन्द्रित दल, अमरेश सिंह पनि जोडिए

प्रभु साह र रेशम-रञ्जितालाई पनि सहभागी गराइने


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तराई मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेका छन् ।

संघीय संसद्‍का र बाहिर रहेका तराई-मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए ।

‘मंगलबार काठमाडौंमा बसेको बैठकमा लुज-एयलाइन्स बनाउने सहमति भएको छ । यसका थप उद्देश्य र प्राथमिकता निर्धारण गरेर मोर्चासम्म पनि पुग्न सक्छ’, जनप्रगतिशील पार्टीका उपाध्यक्ष शिवजी यादवले भने, ‘आजको बैठक फलदायी भएको छ । अब आ-आफ्ना अध्यक्षसँग छलफल गरेर दुई हप्तापछि फेरि बस्ने निर्णय गरेका छौँ ।’

यादवका अनुसार आफ्ना-आफ्ना पार्टीमा विभिन्न दलका नेताहरू सहभागी भएर मोर्चाको खाका, उद्देश्य र साझा एजेन्डाबारे छलफल गर्ने सहमति समेत जुटेको छ ।

मंगलबारको बैठकमा जनता समाजवादी पार्टीबाट रेणु यादव र मोहम्मद ईस्तियाक राई, लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल, सुरेन्द्र झा, जनमत पार्टीबाट शरद यादव, जनप्रगतिशील पार्टीबाट शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, तराई मधेस लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द लाल सहभागी थिए ।

यस्तै उपेन्द्र यादवको जसपा नेपालबाट राजकिशोर यादव सहभागी हुने भनिए पनि भारत गएकाले सहभागी भएनन् ।

तर उनीहरूको पार्टी लुज-एलाइन्समा सहभागी हुने निर्णय गरिरहेको छ । यस्तै प्रभु साह नेतृत्वको आमजनतासँग पनि लुज-एलाइन्सबारे छलफल भइरहेको संयोजक यादवले बताए ।

त्यसैगरी, बैठकमा स्वतन्त्र संसद् अमरेशकुमार सिंह पनि सहभागी थिए । उनी लुज-एयलाइन्स बनाउने कुरामा सकारात्मक छन् । यता रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट कोही सांसद र नेता सहभागी थिएनन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ४ : ३८ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो