माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय  छविलाल वोट रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जंगलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए। उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

यसैबीच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएका एक जना देवघाटको झोलुङ्गे पुलबाट हाम फालेर  बेपत्ता भएका छन् । लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन् । परियारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ६ : १० बजे

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको