प्रधानमन्त्री कप क्रिकेट : एपीएफको शानदार सुरुवात « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको शानदार सुरुवात


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एपीएफ क्लबले शानदार सुरुवात गरेको छ । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशविरुद्ध १११ रनको फराकिलो जित दर्ता गरेर शानदार सुरुवात गरेको हो ।

एपीएफले प्रस्तुत गरेको ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सके पछि एपीएफको पहिलो विजय यात्रा सुरु भएको हो ।

एपिएफका लागि करुणा भण्डारीले तीन तथा रेखा रावल, सुमन विष्ट र बिनु बुढाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो ।  एपिएफका लागि ममता चौधरीले ६६ बलमा १० चौकाको मद्दतले अविजित ७८ रनको योगदान गरिन् ।

यसैगरी कप्तान इन्दु बर्माले ३४ बलमा सात चौकाको मद्दतले अविजित ५२ र राजमति ऐरीले २२ रन बनाएकी थिइन् भने ममताले दोस्रो विकेटका लागि इन्दुसँग १२४ र पहिलो विकेटका लागि राजमतिसँग ५८ रनको साझेदारी गरिन् । कर्णालीका लागि एक मात्र विकेट दिक्षा पुरीले लिइन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ६ : २४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको