ओलीप्रति नेपालको कटाक्ष : मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट हुँदा पनि जनता सन्तुष्ट छैनन् « Khabarhub

ओलीप्रति नेपालको कटाक्ष : मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट हुँदा पनि जनता सन्तुष्ट छैनन्


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट जनता सन्तुष्ट नरहेको बताएका छन् ।

मंगलबार पिस्कर स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट भनिएको पार्टीका मान्छे हुँदा पनि जनता सन्तुष्ट नभएको बताएका हुन् ।

उनले कम्युनिष्टको नाममा गैरकम्युनिष्टको जस्तै काम भइरहेको पनि बताएका छन् ।

‘कम्युनिष्ट पार्टी भनिएका मान्छेहरु छन्, मुलुक चलाउने जिम्मेवारी भएका’, उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै भने, ‘तर, जनता सन्तुष्ट हुन सकिरहेका छैनन् । कम्युनिष्ट भएर मात्रै पनि पुग्दोरहेनछ ।’

नेता नेपालले कम्युनिष्टको नाममा राजनीति गर्नेहरूले कम्युनिष्टको मर्यादा राख्नुपर्ने, त्याग, तपस्या र बलिदानी कायम गर्न सक्नुपर्ने पनि जिकिर गरेका छन् ।

तत्कालीन पञ्चायती शासकविरुद्ध आन्दोलित एमालेले आफ्नो संघर्षको कार्यक्रमम सिन्धुपाल्चोकको पिस्करकेन्द्रित गरेको थियो ।

२०४० साल माघ १ गते प्रहरीले गरेको दमनका क्रममा वीरबहादुर थामी र इले थामीको पिस्करमा हत्या भएको थियो। त्यही दिनको सम्झनामा पिस्कर स्मृति दिवस हरेक वर्ष मनाउने गरिएको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : ५३ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य