१४ फेब्रुअरीमै किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’ ? | Khabarhub Khabarhub

१४ फेब्रुअरीमै किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’ ?


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । पश्चिमा मुलुकमा धेरै ठूलो सांस्कृतिक महत्त्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रूपमा, लोकप्रिय हुँदै आएको छ । विशेषगरि यो पुवा पुस्तामा लोकप्रिय छ । 

किंवदन्ती हेर्दा ‘एक जना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राट्को आदेश विपरीत प्रेम जोडीको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राट्ले सेन्टलाई मृत्युदण्ड दिए ।

त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन्स डे’ मनाइन्छ ।’ मूलधारका इतिहासकारले यसैलाई भ्यालेन्टाइन्स डेको प्रादुर्भावको रूपमा लिन्छन् ।

को थिए सेन्ट भ्यालेन्टाइन

रोमन साम्राज्यको स्थापनादेखि नै रोमन सैनिकलाई विवाह गर्न प्रतिबन्ध थियो । तैपनि केही रोमन सैनिक आफूलाई खटाइएको स्थानका महिलासँग विवाह गर्थे ।

सन् २३५ मा तत्कालीन रोमन सम्राट सेभरस अलेक्जेण्डरको हत्या पछि रोमन साम्राज्यमा अराजकताको अवस्था आयो । महामारी, गृहयुद्ध, आर्थिक संकट इत्यादी कारणले रोमन साम्राज्यको अवस्था दयनीय बन्दै आयो । रोमन सैनिकहरूले यस्ता नियमको बेवास्ता गर्न थाले ।

सन् २६० को दशकमा रोमन साम्राज्यमा गलेनियस नामक सम्राट्को शासन थियो । त्यस बेला रोमन साम्राज्यमा अलेमानी, गोथिक लगायतका पेगन तथा बर्बरियन जातिले रोमन साम्राज्यमा आक्रमण गरिरहन्थे ।

पेगन र बर्बरियन जातिको आक्रमणबाट रोमन साम्राज्य कमजोर हुँदै आइरहेको थियो । सन् २६८ मा सम्राट गलेनियसको हत्या भयो । उनको हत्यापछि उनको स्थानमा सम्राट बन्न आइपुगे मार्कस अउरेलियस क्लाउडियस गोथिकस नामक मानिस । उनी सम्राट गलेनियसको सेनामा सैनिक अधिकारी थिए ।

उनी गोथिकहरुलाई पराजित गरेका कारण पछि गएर सम्राट क्लाउडियस गोथिकस कहलाए । उनको निर्दयिता पनि उत्तिकै कुख्यात थियो । निर्दयिताका कारण नै उनलाई ‘क्लाउडियस द क्रुल’ को नामले पनि चिनिन्छ ।

बर्बरियन तथा पेगनको आक्रमण बढ्दै जाँदा क्लाउडियसले सेनालाई मजबुत बनाउनका लागि पुनः सैनिकहरुलाई कामबासनामा सामेल हुन तथा विवाह गर्न प्रतिबन्ध लगाइदिए । विवाह गर्न तथा कामबासनामा सामेल हुन नपाएका कारण रोमन सैनिकहरुलाई असहज हुँदै गयो ।

ईसाई धर्मका गुरु सेन्ट भ्यालेन्टाइनले सन् २६० को दशततिर सयौँ वा हजारौँ रोमन सैनिकको विवाह गराइदिएको बताइन्छ । त्यस बेला रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बी कठोर दमनको शिकार हुने गर्थे । त्यसको शिकार सेन्ट भ्यालेन्टाइन हुन पुगे ।

आफ्ना सैनिकको विवाह गराइदिने गरेको थाहा पाएर सम्राट क्लाउडियसले उनलाई पक्राउ गर्न आदेश दिए । त्यसपछि उनलाई पक्राउ गरी रोम शहरका प्रफेक्टका सामुन्ने सार्वजनिक स्थानमा घिसारिएर ल्याइयो ।

उनलाई सम्राट क्लाउडियसले आफ्नो धर्म त्याग गर्न वा मृत्युदण्ड स्वीकार गर्न दुई विकल्प दिएको बताइन्छ । तर, उनले ईसाई धर्म त्याग गर्ने नभई बरु मृत्युदण्डको सजाय स्वीकारेको इतिहासकारहरु बताउँछन् ।

त्यसपछि उनलाई जेलमा राखियो । जेलमा रहँदा उनले आफ्ना जेलरकी दृष्टिविहीन छोरीसँग सम्बन्ध स्थापना गरेको बताइन्छ । सेन्ट भ्यालेन्टाइनले जेलरकी उनै दृष्टिविहीन छोरीको दृष्टि फर्काइदिएको समेत बताइन्छ । त्यसपछि उनलाई मृत्युदण्ड दिइयो । मृत्युदण्डअघि उनले जेलरकी तिनै छोरीलाई ‘तिम्रो भ्यालेन्टाइनबाट’ भन्ने सन्देश छाडेका थिए भन्ने किंवदन्ती छ ।

मृत्युदण्डअघि उनले जेलरकी तिनै छोरीलाई ‘तिम्रो भ्यालेन्टाइनबाट’ भन्ने सन्देश छाडेका थिए भन्ने किंवदन्ती छ ।

उनलाई सन् २७० मै वा त्यही वर्षको आसपास फेब्रुअरी १४ मा घाँटी रेटेर मृत्युदण्ड दिइएको बताइन्छ । त्यसपछिका वर्षमा रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बीलाई दमन जारी नै रहेका कारण उनीबारे धेरै विवरण उपलब्ध छैनन् ।

उनको मृत्युदण्ड पछि उनलाई ईसाई धर्मको शहीद घोषणा गरी सेन्टको दर्जा दिइयो । त्यसपछि चौथो शताब्दीको पूर्वार्धमा पोप जुलियस द फस्र्टले उनको चिहान रहेको स्थान भाया फ्लामिनामा स्मारकको स्थापना गराइदिएका थिए । पछि सन् ४९६ मा पोप गलेसियसले फेब्रुअरी १४ लाई सेन्ट भ्यालेन्टाइन्सको दिन घोषणा गरेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : १० बजे

पूर्वराजाबारेको टिप्पणीले बाबुराममाथि खनिए राजावादी

काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएको एक दशक पुग्नैलाग्दा

सङ्घीय निजामती सेवा विधेयकमा सहमति खोज्न ११ सदस्यीय उपसमिति गठन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले सङ्घीय निजामती सेवा विधेयकमा

सात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च

भैरहवा– चालु आर्थिक वर्षको सात महिनामा लुम्बिनी प्रदेशमा कुल विनियोजित

‘कल्ली’को छायाङ्कनका लागि नेपाल आइपुगे नायक उत्तम

काठमाडौं – फिल्म ‘कल्ली’को छायाङ्कनमा लागि नायक उत्तम प्रधान काठमाडौं

लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक