गण्डकी प्रदेशसभा बैठक बस्दै, दलका नेताहरूले सम्बाेधन गर्ने | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभा बैठक बस्दै, दलका नेताहरूले सम्बाेधन गर्ने


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार बस्ने भएको छ । माघ २१ गते बसेर स्थगित भएको बैठक ३० गतेका लागि डाकिएको थियो । प्रदेश सभा सचिवालय सूचना जारी गरी बैठक फागुन २ गतेका लागि सारेको थियो ।

शुक्रबारको बैठकमा सबै दलका नेताहरूले सम्बाेधन गर्ने भएका छन् । बैठकमा प्रदेश निजामती ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पेस हुनेछ । यसैगरी औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक र सामयिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा टेबल हुने छ । 

लोक सेवा आयोगको वार्षिक प्रतिवेदनसमेत सदनमा टेबल गरिने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : १२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग