बर्दघाटस्थित डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु « Khabarhub

बर्दघाटस्थित डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा कुटपिट हुँदा एक जनाको ज्यान गएको छ।

बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच भएको कुटाकुटमा एक जनाको मृत्यु भएको हो।

घटना गत माघ २८ गते मध्यराति भएको भए पनि घाइते प्रतापुर गाउँपालिका–९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको उपचारको क्रममा ३० गते साँझ साढे ४ बजे चौरहा अस्पताल बुटवल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जनाकारी दिए। 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनबारे अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : ५३ बजे

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपरासी– नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र यहाँको धार्मिक पर्यटकीय

रास्वपा जिल्ला उपसभापति कांग्रेसमा प्रवेश

जुम्ला – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुम्ला जिल्ला उपसभापति तारा

आमाको नामबाट दुई युवाले पाए नागरिकता

चितवन– चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् ।

सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान चिन्तित

भोजपुर– भोजपुर जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित भएका

ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान

रुपन्देही– चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक