त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशका लागि कोसेढुङ्गा : प्रचण्ड « Khabarhub

त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशका लागि कोसेढुङ्गा : प्रचण्ड


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल  कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुंगा  भएको बताएका छन् । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरूसँग आज भएको भेटमा उनले यस्तो धारणा राखेका हुन्। उनले  प्रधानमन्त्रीका रूपमा आफूले भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेका थिए । 

‘भारत र बङ्गलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो देशको समृद्धिका लागि कोसेढुङ्गा  नै हो’, उनले भने–, ‘हामीले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बङ्गलादेशलगायतलाई देशलाई बिक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौँ ।’

भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत् उत्पादनमा ध्यान दिनुपर्ने बताए । 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ११ : १३ बजे

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपरासी– नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र यहाँको धार्मिक पर्यटकीय

रास्वपा जिल्ला उपसभापति कांग्रेसमा प्रवेश

जुम्ला – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुम्ला जिल्ला उपसभापति तारा

आमाको नामबाट दुई युवाले पाए नागरिकता

चितवन– चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् ।

सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान चिन्तित

भोजपुर– भोजपुर जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित भएका

ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान

रुपन्देही– चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक