दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु | Khabarhub Khabarhub

दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ ।

बन्यान ट्री होटलको निर्माण स्थलमा बिहान ११ः०० बजे आगलागी सुरु भएको अधिकारीहरूले बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब १० जना कामदार थिए ।

राष्ट्रिय दमकल निकायका एक अधिकारीले तीमध्ये छ जनाले ‘हृदयाघात’ को अनुभव गरेका र तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको बताए । अन्य चार जना घाइते भएको र आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको ती अधिकारीले बताए ।

कामदारहरूले इन्सुलेसन सामग्रीहरू भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लामा आगलागी सुरु भएको विश्वास गरिएको दमकल विभागले पत्रकारहरूलाई बताएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले सम्बन्धित मन्त्रालयहरूलाई ‘आगो निभाउनका लागि सबै उपलब्ध कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिएको वित्त मन्त्रालयले जनाएको छ ।

‘खोज तथा उद्धार कार्यका क्रममा क्षति रोक्न हरसम्भव प्रयास गर्नुका साथै दमकलकर्मीहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्छ’, चोईले भने।

यो घटना एयर बुसानको विमानमा गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लागेको केही हप्तापछि भएको हो । उक्त आगलागीमा १७६ जनाले विमान छोड्नुपरेको थियो र सात जना घाइते भएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : ४१ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला