प्रचण्डकै नेतृत्वमा माओवादीको रुपान्तरण सम्भव छ : नारायणकाजी « Khabarhub

प्रचण्डकै नेतृत्वमा माओवादीको रुपान्तरण सम्भव छ : नारायणकाजी


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।

शुक्रबार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवाद समस्या रहेको स्वीकार्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्ने बताए ।

अहिले नै पार्टीभित्रको समस्या पूरै हल भइनसकेको उनले बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै श्रेष्ठले उनकै नेतृत्वमा पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एक भएर अघि बढाउने दाबी गरे ।

उनले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुर्‍याछाड्ने उल्लेख गरेका छन् ।

सरकारको गतिविधि सबैलाई जगजाहेर भएकाले भन्दै यसबारे टिप्पणी गरेर शब्द खेर नफाल्ने उनले बताए । भरतपुरको बिकास क्रान्तिकारी ढंगले भएको भन्दै महानगरकी प्रमुख रेनु दाहालको उनले प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : ४२ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली