गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु | Khabarhub Khabarhub

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गुल्मी- जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा लुम्बिनी प्रदेशअन्तर्गतको सो अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो । 

विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै प्रकारका सेवा डिजिटल प्रविधिका माध्यममा स्पष्ट देखिने भएको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालका डा एलीसन गोकोटना र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुल्मी अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गर्दै विश्व स्वास्थ्य सङ्गठन नेपालका डा गोकोटनाले यो सेवाबाट नागरिकलाई धेरै सहजता पुर्‍याउने भन्दै जिल्लावासीले यसको अधिकतम प्रयोग गरेर सेवा लिन आग्रह गरे । 

यस अभिलेख प्रणालीबाट बिलिङ, टिकटिङ, डाक्टरको उपलब्धता, औषधिलगायत विवरण अभिलेख प्रणालीमार्फत जानकारी पाउन सकिने अस्पतालका निमित्त कार्यालय प्रमुख वैभव बस्यालले जानकारी दिए । यसबाट बिरामीलाई विगतदेखि वर्तमानसम्मका विवरण सहजै रूपमा उपलब्ध हुने बताइएको छ ।  

विद्युतीय चिकित्सा अभिलेख प्रणालीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले यो सेवा सञ्चालन भएसँगै बिरामीलाई कागजी प्रक्रियाको झन्झट नहुने बताए । उनले स्वास्थ्य मन्त्रालय मातहतमा रहेका सबै सवारी साधनमा जिपिएस जडान गर्ने, शुल्कसहितको नागरिक बडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको नाम देखिनेगरी राख्नेलगायत काम सुरु गरेको बताए ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका अधिकृत सुदन ज्ञवालीले विद्युतीय चिकित्सा अभिलेख प्रणालीमार्फत बिरामीको समय, खर्चको बचत हुनुका साथै परीक्षणमा हुने दोहोरोपनको अन्त्यका अतिरिक्त स्वास्थ्यसम्बन्धी नीति निर्माणमा एकीकृत तथ्याङ्क प्राप्त हुने बताए  । 

यसबाट सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुने उनको भनाइ छ । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा पहिलो हो । पचास शय्या रहेको गुल्मी अस्पतालमा अर्घाखाँची, प्यूठान, बागलुङलगायत जिल्लाका नागरिकले सेवा लिँदै आइरहेका छन् ।
 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १ : ४२ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

दमौली– भीमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पुल ७२ दशमलव २०

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट