मोटरसाइकलमा सवार युवक डिभाइडरमा ठोक्किएर त्रिशूलीमा खसे, कार्यरत थिए भारतीय सेनामा « Khabarhub

मोटरसाइकलमा सवार युवक डिभाइडरमा ठोक्किएर त्रिशूलीमा खसे, कार्यरत थिए भारतीय सेनामा


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चट्टाने भीर (दुई किलो) मा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशुलीमा खसेर बेपत्ता भएका छन् ।

बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको बुलेट मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले बताएका छन् ।

शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन-नारायणगढ सडकखण्डको कालीखोलामा नारायणगढबाट आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएपछि चालक त्रिशूलीतिर उछिट्टिएर खसेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल भने सडकमै भेटिएको छ । स्थानीयले चालक त्रिशूलीमा उछिट्टिएर खसेको जानकारी दिएपछि प्रहरी खोजीमा जुटेको छ ।

डीएसपी महतोले दिएको जानकारी अनुसार मोटरसाइकलसँगै लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता, फोटो र भारतीय सेनाको परिचयपत्र पनि भेटिएको छ ।

नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय गोर्खा सैनिकका रुपमा कार्यरत रहेको खुलेको छ।

मोटरसाइकल सडकको छेउको डिभाइडरमा ठोक्किए पनि माथि नै अड्किएको छ। चालक भने उछिट्टिएर त्रिशूलीमा पुगेका खुलेको छ । उनको पर्स भीरमा फेला परेको थियो ।

राना बुलेट मोटरसाइकलबाट उछिट्टिएर १५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीसहित खोजीमा जुटेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १ : ५८ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका