एमाले निकट कर्मचारी संगठनमा गौतमको माग अनुसार चुनाव हुने  « Khabarhub

एमाले निकट कर्मचारी संगठनमा गौतमको माग अनुसार चुनाव हुने 


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले निकट कर्मचारी संगठन महाधिवेशन चुनावी चरणमा प्रवेश गरेको छ । लामो समयसम्म प्रयास गरिएको सहमतिको प्रयास असफल भएपछि अध्यक्षका प्रत्याशी रेवन्त गौतमको प्रस्तावअनुसार संगठन चुनावी प्रक्रियामा अगाडि बढेको हो ।

संगठनको अध्यक्षका आकांक्षी भवानी दाहालले पछिल्लो समयसम्म सहमतिमा नेतृत्व चयन हुनुपर्ने र रेवन्त गौतमले चुनावी प्रतिस्पर्धा हुनुपर्ने माग राख्दै आएका थिए । बुधबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले उद्घाटन गरेको संगठनको महाधिवेशनमा आजै रातिसम्म मतदान हुने भएको छ ।

जसअनुसार अन्तिम नामावली अहिले २ः३० बजे प्रकाशन भइसकेको छ । अब ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारहरूले उम्मेदवारी दिने, ६ देखि ७ बजेसम्म उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गर्ने र ७ बजेदेखि ७ः३० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने तालिका प्रकाशन गरिएको छ ।

त्यस्तै, ७ः३० देखि १० बजेसम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिने र राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तालिका सार्वजनिक भएको छ । उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएपछि मतदान सुरु हुने सार्वजनिक तालिकामा उल्लेख छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ३ : ३५ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि